बम विष्फोटका घटना विप्लव नेतृत्वको नेकपाले गराएको प्रहरीद्वारा पुष्टि
काठमाडौं-नेपाल प्रहरीले आइतबार उपत्यकामा भएका बम विष्फोटका घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको दाबी गरेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डिआइजी विश्वराज पोख्रेलले आइतबार उपत्यकामा भएका बम विष्फोटका घटनामा सोही पार्टीका कार्यकताहरु संलग्न रहेको बताएका हुन् ।
उनले विष्फोटमा परेर मृत्यु हुने र घाइतेहरु समेत नेकपाकै कार्यकर्ता रहेको जानकारी दिए । प्रवक्ता पोख्रेलले यस्ता घटनाबाट कोही पनि विचलित हुन नहुने बताउँदै नपाल प्रहरी स्थितिलाई नियन्त्रणमा लिन सक्षम रहेको समेत प्रस्ट पारे । उनले नेपाल प्रहरी मातहतका सबै इकाइलाई हाइ अलर्टमा बस्न निर्देशन दिइएको समेत बताए ।
आइतबार काठमाडौंको सुकेधारा र अनामनगरमा भएको बम विष्फोटमा परेर ४ जनाको मृत्यु भएको थियो भने आधा दर्जनको हाराहारीमा घाइते भएका थिए । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा बम भेटिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’