शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बम बनाउने सामाग्रीसहित विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ : जताततै बमैबम (फोटो फिचर)

आइतबार, १२ जेठ २०७६, २१ : ०४
आइतबार, १२ जेठ २०७६

काठमाडौँ । काठमाडौँको नरेफाँटबाट बम बनाउने सामग्रीसहित नेत्रविक्रम चन्द विप्लवका सात कार्यकर्ता पक्राउ परेका छन् । पक्राृउ पर्नेहरुको साथबाट खाली प्रेसरकुकर ७ सात थान बरामद गरिएको छ भने पार्टी सम्बन्धित १५ सयभन्दा बढी पर्चाहरु पनि बरामद गरिएको छ । प्रहरीका अनुसार राँके जुलुस निकाल्न तयार पारिएको अवस्थामा मसालहरु पनि बरामद गरिएको छ ।

 

उता गुण सिनेमा अगाडि पनि प्रेसर कुकर बम राखिएको छ । सो बमको कारण सडक पुरै ठप्प छ । बम डिस्पोजका लागि घटनास्थलामा सेना पुगिसकेको छ र यो लेख्दासम्म सेनाको बम डिस्पोजल यन्त्र को प्रयोग हुदैछ ।

राजधानीको बमकाण्ड ः बम बनाउनेहरु आफैं वमको शिकार बने

राजधानीका सुकेधारा र अनामनगरमा भएको वमकाण्ड सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको कम्युनिष्ट पार्टीले गरेको प्रहरीको अनुसन्धानमा देखाएको छ । प्रहरी स्रोतले जनाएअनुसार, उक्त समूहले भोलि आव्हान गरेको पूर्वसन्ध्यामा बम बनाउने सिलसिलामा विस्फोटन हुँदा विप्लव समूह समर्थित तीन जनाको मृत्यु भएको हो । उक्त स्रोतका अनुसार मृतकहरु केही समयअघि नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा भएको वम विस्फोटन घटनामा समेत संलग्न रहेको र उनीहरु प्रहरीको खोजी सूचीमा रहेका व्यक्तिहरु हुन् ।

चोक चोक नाका नाकामा प्रहरी

अहिले प्रहरीले राजधानीको सुरक्षा व्यवस्थाले अत्यन्तै कडा पारेको छ । चोक चोक नाकानाकामा व्यापक रुपमा प्रहरीहरु परिचालन गरिएको छ । वम विस्फोटनका घटनाहरु तथा सुरक्षाकर्मीहरुको बाक्लो तैनाथीले सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप