शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म हिरो र भिलेन होइन, कलाकार हुँ: अनुपविक्रम

आइतबार, १२ जेठ २०७६, १९ : २०
आइतबार, १२ जेठ २०७६

काठमाडौं –अभिनेता अनुपबिक्रम शाहीले आफुलाई हिरो र भिलेन भन्दा पनि कलाकार भनेर चिन्न आग्रह गरेका छन् । आइतबार राजधानीमा आयोजित फिल्म ‘कप्स’को पत्रकार सम्मेलनमा उनले सो कुरो बताएका हुन् । ‘न म यहाँ हिरो, न त भिलेन बन्न आएको हुँ । म कलाकार बन्न आएको हुँ’ उनले भने ‘मलाई जुन क्यारेक्टर राम्रो लाग्छ । त्यहि गर्छु ।’

पछिल्लो समय शाही फिल्मको नेगेटिभ र पोजेटिभ दुबै भूमिकामा देखिँदै आएका छन् । त्यसैले पनि कार्यक्रममा उनी फिल्मको हिरो हो कि भिलेन भन्ने प्रश्न आएको थियो । आफु कलाकार भएकोले जुनै भूमिका पनि निर्वाह गर्ने सो अवसरमा बताए ।

फिल्म ‘कप्स’मा भने शाहीले हिरोको भूमिका निर्वाह गरेका छन् । एक कर्तव्यनिष्ठ डिएसपी प्रहरीको भूमिका फिल्ममा आफुले निर्वाह गरेको उनले खुुलाए ।  उनले भने ‘मैले मेरो क्यारेक्टरलाई न्याय पूर्वक निभाउने प्रयास गरेको छु । देशभक्ति फिल्म भएका कारण एक पटक सबै नेपालीलाई हेर्न आग्रह गर्छु ।’ फिल्म राम्रो बनेको छ । दर्शकलाई निराश बनाउँदैन’ उनले थपे ।

१७ गतेबाट प्रदर्शनमा आउने यो फिल्म पुराना कलाकार सम्राट सापकोटाले निर्देशन गरेका हुन् । तीन दशकदेखि अभिनयमा सक्रिय सापकोटाले यो फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्म एक कर्तव्यनिष्ठ प्रहरीको कथामा आधारित भएर बनेको निर्देशक सापकोटाले बताए ।

फिल्ममा दुई नव अभिनेत्री सन्दिपा लिम्बु र अनुपा भट्टराईले पनि डेब्यु गरेका छन् । फिल्मलाई लिएर आफूहरु निकै उत्साहित रहेको नव अभिनेत्री सन्दिपा र अनुपाले बताए । फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने छ । अनुप, सन्दिपा र अनुपाको अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तव, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदी लगायतका कलाकारहरुको फिल्ममा अभिनय रहेको छ । 

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को निर्माणमा बनेको फिल्ममा सुशान्त प्रजापतिको छायाँकन र अष्ट महर्जनको द्वन्द्व छ । फिल्मका निर्माता राम शाक्य हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप