शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा जेनरल इन्स्योरेन्सका निर्जीवन बिमा योजनाहरु ज्योति विकास बैंकबाटै लिन सकिने

आइतबार, १२ जेठ २०७६, १९ : १७
आइतबार, १२ जेठ २०७६

काठमाडौं–ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त कम्पनीको निर्जीवन बिमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बिमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने सम्झौता भएको छ ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

ज्योति विकास बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट उक्त इन्स्योरेन्स कम्पनीको निर्जीवन बिमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप