बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खर्कमा नुन छर्ने परम्परा र सांसदलाई विकास बजेट !

आइतबार, १२ जेठ २०७६, १७ : ०९
आइतबार, १२ जेठ २०७६

राणाकालीन पुराना साहू सामन्तका नीति र प्रवृत्तिका कुरा हुन् । त्यसताका विशेषतः लेकाली पहाडी भेगमा वरपर गाउँबस्तीका साहूहरुले ऐलानी जमीन थुप्रै थुप्रै ओगट्थे र आफ्ना चौपाया चराउने र गोठ राख्ने खर्क बनाउँथे । खर्कमा गाइ बाख्रा भेडाको रेखदेख गर्नका लागि आवश्यक गोठालाहरु राखिन्थे । मालिकचाहिँ बर्षको एक पटक खर्कमा रहेका आफ्ना चौपायालाई नुन छर्न पुग्थ्यो । त्यसरी नून छर्न जानु मालिक हुनुको पहिचान थियो, शान थियो ।

लोकतन्त्रमा निर्वाचन–क्षेत्र कुनै पनि सांसदको निजीकृत खर्क होइन र सार्वभौम नेपाली जनता खर्कमा चर्दै मालिकको नून छराइ पर्खने चौपाया पनि होइनन् । तर पनि नेपालमा हिजोका आफ्ना मतदातालाई भोलि पनि आफ्नै कायम राख्न निर्वाचन क्षेत्र विकासका नाममा माननीय सांसदहरुलाई विगत वर्षसम्म चार चार करोड सरकारी रकम उपलब्ध गराइएको सुनिएकै हो । यस वर्षबाट दश दश करोडका दरले रकम उपलब्ध गराउने विषय अहिले चर्चामा छ । यसले विगतमा आफ्ना चौपायाको चरन–खर्कमा प्रतिवर्ष एक पोका नुन लिएर छर्न पुग्ने सामन्ती मालिकहरुका संस्कृतिको सम्झना गराएको छ । 

सांसदहरु विधायक हुन्, विकासे कार्यकर्ता होइनन् । गणतान्त्रिक  नेपालका माननीय विधायकहरु विगतका बीडिओ पीडिओजस्ता विकासे कर्मचारी पनि होइनन् । स्थानीय सरकारहरु बनिसकेको र ऐन नियम समेत बनेर कार्यक्षेत्र विभाजित भइसकेको आजको नेपालमा सांसदहरुले विकासे रकम बोकिहिँड्नुको नैतिक, राजनीतिक औचित्य पनि छैन । निर्वाचित सांसदलाई आपूmले भोट पाएका क्षेत्रमा रकम बाँडेर पछि हुने चुनावका लागि वातावरण बनाउन सरकारले रकम दिनु एक किसिमले संस्थागत भ्रष्टाचारलाई सघाउनु पनि हो । यसलाई राजनीतिक नैतिकताका दृष्टिले पनि उचित भन्न मिल्दैन । यो  एक किसिमको आर्थिक अपराध नै हो । सरकारले माननीय सांसदहरुलाई सही काममा प्रोत्साहित गर्नु वान्छनीय हुन्छ, गलत काममा होइन । पक्ष यो पनि छ ।


हुन त बानी पनि स्वयम्मा एउटा समस्या हो । बानी लगाएपछि लाग्ने हो । बानी लागेका हाम्रा माननीय सांसदहरुलाई प्रत्येक अघिल्लो वर्ष पाएको रकम पछिल्लो वर्ष थोरै लाग्दोरहेछ । अनि आकाङ्क्षा भन्ने कुरा पनि रामायणकी  सुरसाको मुख न हो, हनूमान् जति ठूलो देखियो मुखले उति ठूलो आँ गर्छ । सन्दर्भ हेरेर यो कतै  मानवीय दक्षता र कतै स्वाभाविक  कमजोरी पनि हो ।


हामी जनसाधारणलाई लाग्छ, माननीय सांसदहरु कति त राजनीतिक अर्थशास्त्रका विद्वान् समेत हुनुहुन्छ । लोकतान्त्रिक नीति  र नैतिकताका ज्ञाता पनि हुनुहुन्छ । सम्भवतः वहाँहरु आपैm दोषी हुनुहुन्न । सरकारले नै लिइदिनुहोस्, छरिदिनुहोस् भनेर दिएपछि वहाँहरुको के लाग्छ ? हुन त माननीय सांसदहरु आपैmले पनि यो ठीक प्रक्रिया होइन, बेठीक प्रक्रियामा हामी सामेल हुँदैनौं भन्न सक्नु भएको भए राम्रो हुन्थ्यो । यो हिजोदेखि खाइपाइआएको भन्ने कुरामा टेक्न नखोजेर हिजोको भन्दा आजको परिस्थिति बिलकुल फरक छ भन्न सक्नुभएको भए राम्रो हुन्थ्यो ।

हुन त बानी पनि स्वयम्मा एउटा समस्या हो । बानी लगाएपछि लाग्ने हो । बानी लागेका हाम्रा माननीय सांसदहरुलाई प्रत्येक अघिल्लो वर्ष पाएको रकम पछिल्लो वर्ष थोरै लाग्दोरहेछ । अनि आकाङ्क्षा भन्ने कुरा पनि रामायणकी  सुरसाको मुख न हो, हनूमान् जति ठूलो देखियो मुखले उति ठूलो आँ गर्छ । सन्दर्भ हेरेर यो कतै  मानवीय दक्षता र कतै स्वाभाविक  कमजोरी पनि हो । हामी रेष्टोरेन्टहरुमा ५,६ वर्षका बालकहरुले पनि बर्गर खान मुख फट्टाएर ठूलै आँ गरिरहेका देख्छौं । देखिबस्दा कतिलाई यो स्वाभाविक लाग्छ । कतिलाई लाग्दैन ।

यस वर्ष सांसदहरु आपैm अघि सरेर पनि  सरकारी ढुकुटीबाट दश दश करोड रुपया छुट्याइदिन अर्थमन्त्रीलाई दबाब दिँदैछन् भन्ने  हल्ला सुनियो । जनतालाई दुःखद चासो लाग्यो । कतिपय सांसदले अखवारमा लेखै लेखेर पनि दबाव सिर्जना गर्न खोजेको ब्यहोरा पढ्न समेत पाइएपछि यस कुरालाई अव हल्ला मात्र भन्न मिलेन । हल्ला मात्र हो भन्न पाएको भए जनतालाई  यतिसारो दुःख लाग्नेथिएन । 

दोहो¥याएर पनि भन्न मन लाग्छ,, जनता पाल्तू चौपाया होइनन् । निर्वाचन क्षेत्र चौपायालाई नून छर्ने खर्क पनि होइन । सांसदहरु जनताका आजन्म मालिक पनि होइनन् । लोकतन्त्रमा  सार्वभौम जनतालाई भेडाकरण गरेर नुन छर्न सरकारले सांसदहरुलाई राष्टिय ढुकुटीबाट करोडौँ करोड रुपया उपललब्ध गराउनु तर्कसम्मत काम होइन ।

किन हाम्रो मुलुकका सत्तासीनहरु गलत काममा मात्र आकर्षित देखिन्छन् ? किन यिनीहरुको पाइला प्रायः फोहरमै मात्र टेकिन पुग्छ ? मन्त्रीपरिषद्का निर्णयदेखि प्रस्तावित विधेयकसम्म जताततै विकृति र विसङ्गति मात्र किन धर्ना बस्न पुग्छ ? किन आर्थिक निर्णयहरु प्रायः गलत नै हुन्छन् ? के सत्तासीनहरुमा तमाम विकृति विसङ्गतिका रोगहरु असाध्य बनिसकेका हुन् ? जनताले पुनः मैदानमै उत्रेर उपचार गर्नुपर्ने अवस्थामा पुगिसकेका हुन् ? अन्यथा हाम्रा जननिर्वाचित माननीय सांसदहरु सरकारका कुनै पनि गलत प्रवृत्तिका विरुद्ध डटेर उभिनु हुन्न, किन ? यो हामी जनताको जिज्ञासा हो ।

अन्तमा, विभिन्न विकृति विङ्गतिका अतिरिक्त, अहिलेको यो भेडाकरण प्रयास र खर्कमा नुन छर्ने परम्पराको पुनरावृत्तिलाई पनि समयसम्मत, तर्कसङ्गत, न्यायपूर्ण र स्वाभाविक मान्न नेपाली जनमानस त तैयार देखिया छैन है । कुरा भनेको खरो राम्रो !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप