प्रधानसेनापति राष्ट्रिय भलिबल हुँदै
काठमाडौं– प्रधान सेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता – २०७६’ यही जेठ १९ देखि २६ गतेसम्म हुने भएको छ । सातै प्रदेशका टोली र तीन विभागीय गरी १० समूहको सहभागिता रहने उक्त प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा कूल २६ खेलसहित आयोजना गरिने छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रपति शशिकिरण रायमाझीले वि.सं २०७२ देखि शुरु भएको उक्त प्रतियोगिताको चौथो संस्करण विसं २०७५ मा हुनुपर्नेमा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भएका कारणले हुन नसकेको जानकारी दिए ।
खेलकूद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र यसमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका प्रतियोगितामा खेलाडीको प्रतिनिधित्व गराउने उद्देश्यले विभिन्न खेल सञ्चालन गर्दै आएको सेनाले अन्तरराष्ट्रिय विश्व भलिबल सङ्घद्वारा पारित नियमानुसार खेलाइने जनाइएको छ । खेल लिग, कम र नकआउटका आधारमा बेष्ट अफ फाइभमा खेलाइने छ ।
उक्त प्रतियोगितामा प्रथम टोलीलाई रु तीन लाख, द्वितीयलाई रु एक लाख ५० हजार र तृतीयलाई रु ७५ हजार सहित शिल्ड र पदक प्रदान गरिनेछ भने उत्कृष्ट छ जनालाई जनही रु १० हजार दिइनेछ । त्यस्तै सर्वोकृष्ट खेलाडीलाई पल्सर मोटरसाइकलबाट पुरस्कृत गरिनेछ । सहभागी सात प्रदेशका टोलीमा राष्ट्रिय खेलकूद परिषद्सँग आबद्ध प्रशिक्षक÷सहायक प्रशिक्षकको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ठुल्दिदी’ निर्देशन गर्दै प्रज्ञा
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो