शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुद अवार्डको १६ औं संस्करण अगामी असारमा हुने

आइतबार, १२ जेठ २०७६, १५ : ४२
आइतबार, १२ जेठ २०७६

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद अवार्डको १६ औं संस्करण अगामी असारमा गर्ने भएको छ । मञ्चले आईतबार पत्रकार सम्मेलन गरी अवार्डबारे जानकारी गराएको हो । मञ्चले आगामी असार १७ गते विशेष कार्यक्रम गरी २०७५ सालमा खेल क्षेत्रबाट नेपाली खेलकुदमा योगदान पुर्याउने खेलाडी, प्रशिक्षक, खेलकर्मीलाई सम्मान गर्दै अवार्ड वितरण गर्ने भएको हो ।

गतबर्ष जस्तै यसबर्ष पनि स्पोर्टस् अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाईकल रहेको छ । हंशराज हुलासचन्दले अवार्डका लागि यसबर्ष २५ लाख रुपैयाँ बराबरको नगद र जिन्सी सहयोग उपलब्ध गराउने भएको छ ।

पल्सर स्पोर्टस अवार्ड २०७५ मा १० विधामा अवार्ड प्रदान गरिने भएको छ । यसबर्ष इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड थप गरिएको छ ।

बर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाईस र प्रशिक्षक गरी ४ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने छ भने अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न उपहार प्रदान गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप