आतङ्कवादीका बैंक खातामा १ अर्ब भारतीय रुपैयाँ भेटिएपछि...
कोलम्बो– श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना बरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ (एनटीजे) सँग आबद्ध रहेको एक दिनअघि मात्र थाहा भएको थियो ।
एनटीजेसँग आबद्ध रहेको आशंकामा शुक्रबार ती पाँचै जनालाई होरोपाथानामा पक्राउ गरिएको थियो । डेली मिररका अनुसार श्रीलंकामा भएको पछिल्लो बम आक्रमणमा संलग्न जाहरान हासिमलाई पनि गिरफ्तार गरिएको छ ।
पक्राउ परेकाहरुमा एक जना होरोपथाना डिभिजनल सेक्रेटारिएटमा कार्यरत विकास अधिकृत, एक जना सरकारी स्कुलका शिक्षक, दुई जना किविलेकाडास्थित अरेबिक कलेजका शिक्षक तथा एक जना केबिथिगोल्लेवाका रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरुले अनुराधापुरा र ट्रिन्कोमालीमा चरमपन्थी प्रशिक्षण दिएका थिए । प्रहरीका अनुसार उनीहरुले दुई वर्षअघि होरोपाथानाको जंगलमा शस्त्र चलाउने सम्बन्धी तालिम पनि लिएका थिए ।
गत अप्रिल २१ मा श्रीलंकाका गिर्जाघर र होटलहरुमा भएका बम आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा
-
युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा