आर्मीले दियो प्रदेश १ लाई २०५ रनको चुनौती
काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रदेश नं १ लाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ४५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै २०४ रनको योगफल बनायो । आर्मीका लागि राजेश पुलामीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।
९३ बल खेलेको उनले चार चौकाको मद्दतमा ५६ रन बनाएका हुन् । त्यसैगरी हरिबहादुर चौहानले ४१, कप्तान विनोद भण्डारीले ३० र करण केसीले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ प्रदेश नं १ का दिपेश कँडेलले ३ विकेट लिए भने मुकुन्द यादव, सिद्धान्त लोहोनी र फिरदोस अन्सरीले समान दुई दुई तथा पुष्प थापाले १ विकेट झारे । यसअघि भएको आफ्नो पहिलो खेलमा आर्मीले प्रदेश नं २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेशको सहभागिता छ । प्रतियोगिताको विजेता टोलीले रु २० लाख तथा उपविजेताले रु १० लाख प्राप्त गर्नेछ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही रु ५० हजार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी