बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा बँदेलको आक्रमणमा परि ३ जना घाइते

आइतबार, १२ जेठ २०७६, १३ : ५१
आइतबार, १२ जेठ २०७६

बुटवल– रुपन्देहीको देवदह नगरपाकिा वडा नम्वर  ७ यशोधरा पार्क ,शितलनगरमा आज बिहान बँदेलको आक्रमणमा परि ३ जना घाइते भएका छन् । बदेलको आक्रमणमा परी स्थानीय काशिराम गैरे, उनकी श्रीमती र एकजना (पण्डित बुवा भनेर चिनिने) लाई बिहान आक्रमण गरेको थियो ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको जनाएको छ । घाइतेहरुका शरीरमा विभिन्न भागमा चोट लागेका छन् । उनीहरुको घाइतेहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप