शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको संघीयता विरोधी सोचले मुलुकमा संवैधानिक संकटको खतरा बढ्यो: नेता सिंह

आइतबार, १२ जेठ २०७६, १३ : २४
आइतबार, १२ जेठ २०७६

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता असफल बनाउने लागेको आरोप लगाएका छन् । राष्ट्रिय जागरण अन्तर्गत नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर एकले आयोजना गरेको कार्यक्रममा नेता सिंहले प्रधानमन्त्रीको संघीयता विरोधी सोचले मुलुकमा संबैधानिक संकट निम्नि सक्ने आशंका व्यक्त गरे । 

उनले भने, ‘वर्तमान सरकार नै संघीयता असफल बनाउन लागिपरिरहेको छ । प्रधानमन्त्री ओलीका अभिव्यक्ति संविधानको मर्म र भावनाविरुद्ध आउन थालेका छन् । यसले मुलुकमा संबैधानिक संकट निम्तिन सक्ने खतरा बढेको छ । प्रधानमन्त्रीलाई जिम्मेवार भएर बोल्न आग्रह छ ।’

‘प्रधानमन्त्री ओलीले आफूलाई संविधानलाई कुल्चिए अगाडि बढ्न खोजेको नेता सिंहको आरोप छ । प्रधानमन्त्रीमा अहंकार र दम्भ बढ्दो छ,’ नेता सिंहले भने, ‘उहाँले संविधान केही हैन । अब म जे बोल्छु तेही नै सबैले मान्नुपर्छ भन्ने सोचका साथ अगाडि बढ्नु भएको छ । प्रधानमन्त्रीले यसरी प्रस्ुतत हुन अशोभनीय हो ।  संविधानभन्दा माथि कोही हुँदैन । दम्भ र अहंकार त्यागेर संविधान को पालना गर्नुहोस् ।’

केही दिनअधि प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकार केन्द्र सरकारका ‘इकाइ’ रहेको अभिव्यक्ति दिएका थिए ।फरक प्रसंगमा पार्टी संगठन विधिसम्वत तरिकाले चलाउन नसके  वर्तमान चुनौती सामना गर्न नसकिने उनको भनाई छ ।

सोही कार्यक्रममा केन्द्रीय प्रतिनिधि बालकृष्ण खाँणले सरकारको गतिविधिविरुद्ध सशक्त रुपमा सडक र सदनमा उत्रिने बताए । उनले भने, ‘सरकार गतिविधि विरुद्ध सडकदेखि सदनसम्म सशक्त रुपमा उत्रिनुपर्ने परिस्थिति आएको छ । फेरि काँग्रेसले जनताको अधिकार खोसिन नदिन सजह हुने दिन आएको छ । कम्युनिष्ट अधिनायकवादका विरुद्धमा फेरि आन्दोलनको आँधीबेरी ल्याउन जरुरी देखिँदै भएको छ ।’

नेता खाँणले सरकार पे्रस स्वतन्त्रता र नगारिक अधिकार कुण्ठित गर्न  लागिपरेको भन्दै काँग्रेस त्यसविरुद्ध खरो रुपमा प्रस्तुत हुने बताए । यस्तै काठमाडौं काँग्रेस सभापति सबुझ बानियाँले पार्टीले अघि सारेका गतिविधिलाई सफल बनाउन काठमाडौ काँग्रेस तयारी अवस्थामा रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप