मेडिकलकी छात्रालाई डाक्टरको चरम यातनाः अस्पतालमै गरिन् आत्महत्या

मुम्बईमा बिवाइएल नायर नामको एउटा अस्पताल छ । २२ मेमा यो अस्पतालमा एमडीकी दोस्रो वर्षकी छात्राले आत्महत्या गरेकी छिन् । मृतकको नाम पायल सलमान तडवी हो । २६ वर्षकी पायल महाराष्ट्रको जलगांजमा बस्थिन् । उनी अस्पतालमा ‘रेजिडेन्ट डाक्टर’ थिइन् ।
मिडिया रिपोर्टका अनुसार महाराष्ट्र असोसिएशन अफ रेजिडेन्ट डाक्टर्स (एमएआरडी) का एक प्रतिनिधिले २२ मेमा पायलले तीन शल्यक्रिया गरेको बताए । उनका अनुसार कुनै तनावमा नदेखिएकी पायल शल्यक्रिया पछि आफ्नो कोठामा गइन् । आफ्नो स्कार्फलाई पङ्खा बनाएर फाँसीमा चढिन् ।
पायलका परिवारका सदस्यले अस्पतालकै तीन सिनियर डाक्टरले उनलाई टर्चर गर्ने गरेको आरोप लगाए ।
पायल आदिवासी समुदायसँग थिए । र उनले आरक्षण कोटाबाट भर्ना लिएकी थिइन् । पायलकी आमाको आरोप अनुसार वरिष्ठ डाक्टरले उनलाई जाती र आरक्षण कोटाबाट भर्ना लिएको विषयमा पटकपटक कमेन्ट गर्ने गर्थे । उनलाई आराम गर्न नदिई घण्टौं काम गराउने परिवारको आरोप छ । सिनियर डाक्टरले उनलाई अपरेशन थिएटरमा काम गर्न नदिने पनि आरोप छ ।
पायलको परिवारले पुलिसलाई ह्वाट्सएप ग्रुपको च्याट पनि देखाएका छन् जसमा आरोपी डाक्टरले उनीमाथि जातीय टिप्पणी गरिरहेका छन् ।
पुलिसका अनुसार पायलले दुई महिनाअघि नायक अस्पतालको एचओडीलाई लिखित उजुरी पनि दिएकी थिइन् । तर पछि श्रीमानको आग्रहपछि उनले आफ्नो उजुरी फिर्ता लिइन् । पायलका श्रीमान् पनि मुम्बईका डाक्टर हुन् ।
तीनै आरोपी डाक्टर अहिले फरार छन् । पुलिसले उनीहरुविरुद्ध आत्महत्याको लागि उक्साएको, एन्टी र्यागिङ एक्टलगायत अन्य मामलामा मुद्दा दर्ता गर्दै उनीहरुको खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा