सगरमाथाको ट्राफिक जामले ९ दिनभित्र लियो १० जनाको ज्यान
सगरमाथा आरोहणमा निस्किएका एक बेलायती नागरिकको मृत्यु भएको छ । उनको मृत्युसँगै सगरमाथा आरोहणको क्रममा मृत्यु हुनेको संख्या ९ दिनभित्रै १० पुगेको छ ।
रबिन हेइनेस फिसर, ४४, को कम अक्सिजनका लागि परिचित ‘डेथ जोन’ भन्ने स्थानमा मृत्यु भएको हो ।
अहिले सगरमाथा चढ्ने उपयुक्त सिजन हो । पछिल्लो समयमा चढ्ने र ओर्लनेहरुको संख्यामा अत्यधिक वृद्धि भएकाले मृत्युको घटना बढिरहेको स्थानीय गाइड बताउँछन् ।
अनुभवी आरोही छिरिङ जाङ्बु शेर्पाले भने, ‘मैले थुप्रै पटक सगरमाथा आरोहण गरेको छु तर यसवर्षको वसन्त ऋतुको ट्राफिक जाम सबैभन्दा खतरनाक थियो,’ उनले न्यूयोर्क टाइम्सलाई भने ।
‘अक्सिजनका अतिरिक्त बोतल नबोकेकाहरुलाई सबैभन्दा समस्या हुनेगर्छ,’ उनले भने ।
‘उनीहरुको ट्राफिक जामका कारण मृत्यु भयो, हावा र चिसोका कारण होइन,’ उनले भने ।
हाइकिङ अधिकारीले धेरैजसो आरोहीको मृत्यु कमजोरी, थकान र रुटमा अत्यधिक जामका कारण हुने गरेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा
-
राष्ट्रपतिका आर्थिक विज्ञको अभिव्यक्तिले शीतल निवासमा हलचल
-
१० बजे, १० समाचार
-
गृहसचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन