शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

८१ वर्षीय नेपाली गायक प्रधानको बेलायतमा सक्रियता

आइतबार, १२ जेठ २०७६, ११ : ०५
आइतबार, १२ जेठ २०७६

- बिपिन निरौला

लण्डन । सामान्यतया ८० बर्ष काटेका मानिसहरुमा बुढ्यौलीले धेरै समस्या देखिन्छन् । तर ८१ वर्षीय वरिष्ठ गायक प्रेमध्वज प्रधान केही दिन यता बेलायतको राजधानी लन्डनमा सक्रियतापूर्बक विभिन्न कार्यक्रमहरुमा सहभागी हुने मात्र होइन मज्जाले आफ्ना कालजयी गीत सुनाएर उपस्थित दर्शक श्रोता हरुलाई मन्त्रमुग्ध तुल्याइरहेका छन् । 

लण्डनको हिथ्रो विमानस्थल उत्रनेबित्तिकै उपस्थित संचारकर्मी संगको प्रत्यक्ष्य कुराकानीका क्रममा नै उनको कालजयी गीत " घुम्तीमा नआउ है , आखा तिमि जुधाउन , आखा तिमि जुधाउन , बाधिए माया फेरी गार्हो हुञ्छ फुकाउन, फुकाउन" को केहि अंश गाएर बेलायतबासी नेपालीहरुलाई आफ्नो बेलायत यात्राको बारेमा जानकारी दिएका थिए । 

नेपाली गीत संगीतका एक मुर्धन्य व्यक्तित्व बरिष्ठ गायक प्रधानको सो छेत्रमा गरेको योगदानको कदर गर्दै ‘बसुन्धरा श्री पुरस्कार–२०७५’ बाट लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहमा सम्मान गरिएको छ ।
 बेलायतका लागि नेपाली राजदूत तथा बसुन्धरा प्रतिष्ठानका कूलपति एबम साहित्यकार डा। दुर्गाबहादुर सुवेदी ( दुबसु छेत्री )र कोषाध्यक्ष पुनम सुवेदीले ५० हजार नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् ।शुक्रवार साँझ आयोजित कार्यक्रममा गायक प्रधानको सम्मानमा बेलायतका चर्चित गायक गायिकाले प्रधानले गाएका १० वटा गीतको प्रस्तुती समेत गरेका थिए । 
सोहि साँझ प्रधानले आफ्ना पुराना यादहरु सम्झदै र सुनाउदै आफै गीत गाएर उपस्थित सम्पूर्ण दर्शक श्रोताहरुलाई मन्त्रमुग्ध  तुल्याइरहेका थिए भने श्रोताहरु पनि  प्रधान संगै  गुनगुनाउनु का साथै तालिको गडगडाहटले सम्मान ब्यक्त गर्दै हौशला प्रदान गरिरहेका थिए । दुताबासमा हुने अन्य कार्यक्रम भन्दा यो नितान्त पृथक कार्यक्रम रहेको उपस्थित अधिकाम्सको टिप्पणी रहेको थियो ।
 
सोही  कार्यक्रममा प्रधानलाई  बेलायत निमन्त्रणा गरेकोमा  मगर संघ युकेका नयाँ कार्यसमिति, पूर्व अध्यक्ष र संरक्षकलाई बधाई तथा सम्मान समेत गरिएको थियो । 
यसैबीच यहि जुन १ तारिक शनिबारका दिन मगर संघ युकेले फार्नबोरोमा आयोजना गर्न लागेको खुल्ला नेपाली कन्सर्टमा प्रधान लगायतका पुराना र नया पुस्ताका सुपरिचित गायकहरुले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप