केन्द्रीय संस्करण
शिक्षा चर्चा

थरिथरिका शिक्षा : रोज्ने कुन ?

person explore access_timeजेठ १२, २०७६ chat_bubble_outline0

सामन्तलाई महत्त्व दिने, पुँजीलाई महत्त्व दिने र जनतालाई महत्त्व दिने आधारमा शिक्षा सामान्यतः तीन किसिमको हुन्छ : (१) सामन्तवादी शिक्षा (२) पुँजीवादी शिक्षा र (३) जनवादी शिक्षा ।

 सामन्तलाई महत्त्व दिने शिक्षाले सामन्तलाई नै बलियो बनाउँछ । पुँजीवादी शिक्षाले पुँजीपतिलाई बलियो बनाउँछ । जनवादी शिक्षाले जनतालाई बलियो बनाउँछ । शारीरिक, बौद्धिक, आर्थिक हरेक तहमा जनतालाई बलियो बनाउने शिक्षा जनवादी शिक्षा हो ।

सामान्यतः कुनै पनि कुराको थाहा दिनुलिनु शिक्षा हो । शिक्षाले कति कुरा गर्न सिकाउFछ भने कति कुरा नगर्न सिकाउँछ । शिक्षाले हेर्ने आँखा र सोच्ने मनमस्तिष्कलाई खास धारमा ढाल्छ । यसै आधारमा शिक्षालाई कतिले तेस्रो आँखा पनि भन्ने गरेका छन्, थप आँखा पनि भन्ने गरेका छन् । शिक्षा थप आँखा मात्र होइन, थप हातखुट्टा र पखेटा पनि हो । यसै त शिक्षाले आँखा धमिलो पार्ने, हातखुट्टा लुलो पार्ने, पखेटा उम्रनै नदिने काम पनि गर्छ । यो गुण सामन्तवादी शिक्षामा प्रसस्त पाइन्छ । मानिसलाई कस्तो बनाउन शिक्षा दिने भन्ने कुरा सरकारको शिक्षानीति र उद्देश्यबाट निर्धारित हुन्छ । नीति र उद्देश्यकै आधारमा हालसम्म समाजमा तीन किसिमका शिक्षा चिनिएका हुन् ।

सामन्तलाई महत्त्व दिने शिक्षाले सामन्तलाई नै बलियो बनाउँछ । पुँजीवादी शिक्षाले पुँजीपतिलाई बलियो बनाउँछ । जनवादी शिक्षाले जनतालाई बलियो बनाउँछ । शारीरिक, बौद्धिक, आर्थिक हरेक तहमा जनतालाई बलियो बनाउने शिक्षा जनवादी शिक्षा हो ।

१. सामन्तवादी शिक्षा– यस किसिमको शिक्षा समाजमा साहु, सामन्त, राजामहाराजाहरूको मर्जी, हुकुम र हैकम कायम राख्न र जनतालाई रैती वा कमराको स्थितिबाट माथि उठ्न नदिन मान्छे तयार गरिने शिक्षा व्यवस्था हो । यो साहू सामन्त राजामहाराजले आफ्ना कामका लागि आफू र आफ्ना आसेपासे गुरु, पुरेत, मन्त्री सचिव बसेर तयार गरिने पाठहरूको शिक्षा हो । यस्तो शिक्षाले जनतालाई रैती, दास तथा कमारा बन्न लगाउँछ । ईश्वरको र भाग्यको भर पर्न सिकाउँछ । जीविकाका लागि ठूलाबडाको सेवा चाकरी गर्न सिकाउँछ । पुराना नीतिशास्त्र धर्मशास्त्र पुराण सबै यस्तै यस्तै शिक्षाका सामग्रीहररू हुन् । ईश्वरभक्त, राजभक्त, स्वामिभक्त पतिभक्त त्यस्ता शिक्षाले अघि सार्ने आदर्शहरू हुन् । मालिकको सोझो चिताएर मालिक कै लागि बाँच्ने, मर्ने, मालिकले दिएकोमा सन्तोष गर्ने यस्तो शिक्षाले निर्माण गर्ने व्यक्तित्व हो । मालिक रिझिनु पर्छ, खुशी हुनुपर्छ, यसैबाट सर्वसाधारणको भाग्य भविष्य बन्छ । यस लोकमा नबने परलोकमा बन्छ । यही नै यस किसिमको शिक्षाले दिने ज्ञान हो । यस्तो शिक्षाले जनताको मनोबल कमजोर पार्छ, व्यक्तित्व खिइन्छ, कल्पना र सङ्कल्पशक्ति हराउँदै जान्छ । जनता केही होइन, राजा नै सबथोक हो, राजा नभएर देश चल्दैन जनता, बस्न बाँच्न सक्दैनन् भन्ने जस्ता सोचविचार यस्तै शिक्षाको देन हो । नेपाल भुटान लगायत संसारका केही अविकसित मुलुकमा यस्तो शिक्षाको अवशेष आज पनि बाँकी छ ।

२. पुँजीवादी शिक्षा– यस किसिमको शिक्षाले पैसा र केवल पैसालाई महत्त्व दिन्छ । जसले पैसा कमाउँन सक्छ, त्यही ठूलो त्यही सफल भन्ने सोच बनाउन मद्दत गर्छ । आफ्नो फाइदाको लागि मात्र सोच्ने बनाउँछ । जनुसुकै काममा पनि आफ्नो लागि नाफा खोज्ने प्रवृत्तिलाई बढावा दिन्छ । यसरी पुँजीवादी शिक्षाले मानिसलाई मानिस कम र पैसा कमाउने मेशिन बढी बनाउFछ । पैसा केवल पैसालाई महत्त्वपूर्ण देख्ने प्रवृत्तिका कारण लूट र छाडापनलाई प्रोत्साहन यस्तो शिक्षाको विशेषता बनेको छ । यसै विशेषताका कारण पुँजीवादी शिक्षा पाएकाहरू अमेरिकालाई मन पराउँछन् । अमेरिका जान बस्न मरिहत्ते गर्छन् । सामन्तवादी अवशेषसहितको पुँजीवादी शिक्षाले शक्ति र पुँजी भनेपछि हुरुक्कै हुने प्रवृत्तिलाई हौसला दिएको पाइन्छ ।

३. जनवादी शिक्षा– यो माथिका दुईभन्दा बिलकुलै बेग्लै किसिमको शिक्षा हो । यसले आम जनतालाई महत्त्व दिँदा जनले पनि महत्त्व पाइरहेको हुन्छ । मुख्य कुरा के भने जनवादी शिक्षाले जनता नै महान् हुन्, जुनसुकै काम गर्दा पनि जनतालाई आदरका साथ मनमस्तिष्कमा राखेर गर्नुपर्छ भन्ने सिकाउँछ । जनवादी शिक्षा देशको सत्ता र शक्ति सबै जनता हो भन्ने सोचबाट जनतालाई सर्वोपरि महत्त्व दिएर चल्न सिकाउने शिक्षा हो । आफूलाई भन्दा जनसमूहलाई महत्त्व दिन सिकाउने शिक्षा हो । बहुजनहितका निमित्त त्याग तपस्या गर्न सिकाउने शिक्षा हो । जनवादी शिक्षाले मानिसलाई शारीरिक, बौद्धिक र प्राविधिकजस्ता क्षेत्रमा आत्मनिर्भर बनाउFछ । सामन्तको दास र पुँजीको झिङ्गा बन्नुबाट जोगाएर जनवादी शिक्षाले जनतालाई वीर, कर्मठ, उदात्त र अग्रगामी बनाउँछ । यसले जनवादी शिक्षा एक एक शिक्षितका माध्यमबाट सिङ्गै जनतालाई उठाउने किसिमको शिक्षा हो । यस्तो शिक्षाले मानिसलाई भ्रष्ट, घुस्याहा, तस्कर, लोभीपापी बनेर सत्ता सम्पत्ति हत्याउFने र मैमन्त भएर हिँड्नेहरूको खोइरो खन्छ र शिक्षितलाई त्यसो नबन्न घच्घच्याइ रहन्छ ।

जनतालाई महान् देख्ने र जनताकै लागि काम गर्ने सोचसमझको जग जनवादी शिक्षाद्वारा मात्र राख्न सकिन्छ । जनवादी शिक्षा दिन पाठ्यक्रम र पाठ्यपुस्तक जनवादी भएर मात्र पुग्दैन । शिक्षण प्रक्रिया पनि जनवादी हुनुपर्‍यो । शिक्षक, शिक्षिका पनि विचार र आचरणमा शुद्ध हुनुपर्छ, बिनम्र हुनुपर्छ, जनवादी हुनुपर्छ ।

यसै त शिक्षा भनेको ज्ञानविज्ञान र प्रविधिबारे राम्ररी थाहा दिनु, लिनु र अभ्यास गर्नु हो । विज्ञान प्रविधिको भिक्षा त सामन्ती हुन्छ न पुँजीवादी । प्रकृतिको यथातथ्य थाहा पाउनु र कुनै वस्तु निर्माण गर्नु, परिवर्तन गर्नु, निक्खरा ज्ञान र सीपको कुरा हो । सर्सर्ती हेर्दा यो कुरा ठीक हो । गहिराइमा उभिएर हेर्दा कसले कहाँ बसेर कुन किसिमबाट कसरी सोचेर काम गर्छ ? व्यक्तिगत, साझेदारी, सहकारी संरचनाभित्र रहेर काम गर्छ ? कसको लागि काम गर्छ ? यो अति नै महत्त्वपूर्ण कुरा हो । सामन्तवादी शिक्षाले आफूलाई ठूलाबडाको चाकर र आश्रित ठानेर उनीहरूकै स्वार्थ सन्तुष्टिका लागि काम गर्ने चाकरीबाज र जागिरे मनोवृत्तिको जनशक्ति उत्पादन गर्छ भने पुँजीवादी शिक्षाले जसले जान कमाउन सक्छ त्यो त्यति ठूलो हो, सफल हो, जीवनमा जसरी पनि कमाउनु पर्छ, जम्मा गर्नुपर्छ, भोज गर्नुपर्छ भन्ने खालको स्वार्थी, व्यक्तिवादी, उपभोक्तावादी जनशक्तिको उत्पादन गर्छ । पैसाको भोक र छापानकै कारण समाजमा अन्याय, अत्याचार, भ्रष्टाचार, तस्करीजस्ता खराब कामहरू हुने गरेका छन् । सामन्तवादी, पुँजीवादी र जनवादी शिक्षा भनेको एक किसिमले शिक्षाका क्रममा शिक्षा मौका मनमस्तिष्कमा राखिदिने सोच, सक्षम र आचरणको जग हो । आत्मसात् गराइदिने दृष्टिकोण हो । जनतालाई महान् देख्ने र जनताकै लागि काम गर्ने सोचसमझको जग जनवादी शिक्षाद्वारा मात्र राख्न सकिन्छ । जनवादी शिक्षा दिन पाठ्यक्रम र पाठ्यपुस्तक जनवादी भएर मात्र पुग्दैन । शिक्षण प्रक्रिया पनि जनवादी हुनुपर्‍यो । शिक्षक, शिक्षिका पनि विचार र आचरणमा शुद्ध हुनुपर्छ, बिनम्र हुनुपर्छ, जनवादी हुनुपर्छ । शिक्षार्थीलाई माया गर्ने, आदर गर्ने, निरन्तर लागि परेर सघाउने हुनुपर्छ । जनवादी शिक्षा सिङ्गो समाजको उत्थानको दृष्टिबाट मान्छेलाई राम्रो, असल र दक्ष बनाउने शिक्षा हो । पुराना नराम्रा सोचविचार र चलका ठाउँमा नयाँ राम्रा सोचविचार र चलन चलाउने शिक्षा हो, केही व्यक्तिलाई होइन्, सिङ्गो देश र समाजलाई नै माथि उठाउने शिक्षा हो, जनताको आदर गर्ने शिक्षा हो । जनवादी शिक्षाको गन्धसम्म पाएको मान्छे पनि राजा र अमेरिकाको पिछलग्गु बन्दैन । बन्नै सक्दैन ।

Title photo source: https://images.pexels.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...