इङ्ल्यान्डलाई अस्ट्रेलियाको झट्का
विश्वकप आयोजक इङ्ल्यान्डलाई अस्ट्रेलियाको नमिठो झट्का लागेको छ । एकदिवसीय विश्वकप अघि शनिबार राति खेलिएको अभ्यास खेलमा इङ्ल्यान्ड अस्ट्रेलियासँग १२ रनले पराजित भएको छ ।
दुई सय ९८ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४९.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ८५ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि मध्यक्रमका जेम्स भिन्सले सर्वाधिक ६४ रन बनाए । जस बटलरले ५२, क्रिस वोक्सले ४०, ओपनर जोसन रोयले ३२, टम कुुरन र मइन अलीले समान २२, बेन स्ट्रोक्सले २० र जोनी बेयरस्ट्राले १२ रन बनाए ।
बलिङमा अष्टे«लियाका लागि जेसन बेहरनडर्फ र केन रिचड्सनले दुई दुई विकेट लिए । नाथन लायन, एडम जम्पा, मार्कस स्टोइनिस र नाथन कुल्टर नाईलले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको थियो । अष्ट्रेलियाका स्टिभ स्मिथले एक सय १६ रनको शतकीय इनिङ खेले ।
ओपनर डेविड वार्नरले ४३, उस्मान ख्वाजाले ३१, एलेक्स करी र शन मार्शले समान ३०, आरोन फिन्चले १४ र मार्कश स्टोइनिसले १३ बनाए । इङ्ल्यान्डका लियाम प्लन्केटले चार विकेट लिए । मार्क उड, टक कुरन र लियाम डसनले एक–एक विकेट झारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान