बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४७ वर्षका भए करण जोहर, नदेखेका तस्बिरसहित उनीबारे १० रोचक जानकारी

आइतबार, १२ जेठ २०७६, ०९ : ०८
आइतबार, १२ जेठ २०७६

बलिउड फिल्मका अभिनेता एवं निर्देशक करण जोहर ४७ वर्षका भए । उनको जन्म सन् १९७२ मा मे २५ तारिखमा मुम्बई, महाराष्ट्रमा भएको थियो । यो मौकामा कट्रिना कैफ, फराह खान, एकता कपुर, मनिष मल्होत्रा, भुमि पेडनेकर, अनन्या पाण्डेजस्ता बलिउड सेलिब्रिटीले उनलाई जन्मदिनको बधाई दिए । सलमान खानसँग फिल्म ‘भारत’ मा देखिएकी नायिका कट्रिना कैफले करण जोहरका लागि निकै मेसेज पनि लेखे ।

कट्रिना कैफले मेसेजमा लेखे, ‘करण जोहर जन्मदिनको धेरै बधाई । जसरी तपाईं सधैं सबैलाई अत्यधिक प्रेम गर्नुहुन्छ त्योभन्दा पनि बढी तपाईंले पनि पाउनुहोस् । लभ यु ।’

आज उनको जन्मदिनको अवसरमा उनका नदेखेका तस्बिरका साथै उनीबारे केही विशेष जानकारी लिऔं ।

१. बलिउडमा करण जोहरले आफ्नो करियरको सुरुवात नायकको रुपमा गरे । उनले सन् १९८९ मा दुरदर्शन सिरियल ‘श्रीकान्त’ मा पहिलो पटक अभिनय गरेका थिए ।

२. करण जोहर पहिलो भारतीय फिल्म निर्देशक हुन् जो सन् २००६ को  सेप्टेम्बर ३० मा पोल्याण्डमा भएको ‘मिस वर्ल्ड प्रतियोगिता’ का ज्यूरी मेम्बर बने ।

३. करण जोहर एक्ला व्यक्ति हुन् जसले सन् २००७ मा जेनेभास्थित वर्ल्ड इकोनोमिक फर्ममा वर्ल्ड बेस्ट ‘२५० ग्लोबल यंग लिडर्स’ छानिए ।

४. करण जोहर आफ्ना लागि ‘क’ शब्दलाई लक्की मान्छन् । उनको धेरैजसो फिल्मको नाम ‘क’ बाट सुरु हुन्छ । तर ‘लगे रहो मुन्नाभाइ’ पछि उनले यसको प्रयोग गर्न बन्द गरे ।

५. करण जोहरले ‘कुछ कुछ होता हे’ फिल्ममा पहिलो पटक त्रिकोणात्मक प्रेम–कथाको प्रयोग गरे ।

६. कुर्बान फिल्मलाई सुरुमा करण जोहरले निर्देशन गर्ने तयारीमा थिए । तर ‘कभी खुसी कभी गम’ का कारण उनले यो प्रोजेक्टलाई बीचमा नै छोडिदिए ।

७. करण जोहरको इच्छा ओस्करको रेड कार्पेटमा हिँड्ने र एकेडेमी अवार्ड जित्ने हो ।

८. करण जोहरले फ्रेन्चमा मास्टर डिग्री गरेका छन् ।

९. करणले ‘मोहब्बतें’ फिल्ममा अमिताभ बच्चन, ‘वीर–जारा’ र ‘दिल तो पागल हे’ मा शाहरुख खानका कस्ट्युम डिजाइन गरेका छन् ।

१०. सँगै काम गर्नका लागि शाहरुख खान करण जोहरका मनपर्ने नायक होइनन् । यो मामलामा उनी ऋतिक रोशनलाई मन पराउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप