यी अभिनेताकी श्रीमतीलाई थियो पोर्न हेर्ने लत, आफैंले गरिन् खुलासा
कुनै पनि कुराको लतले तपाईंको जीवनलाई समस्यामा पार्न सक्छ । र यदि यो लत पोर्नको हो भने त कुरा निकै गम्भीर छ र यो जरुरी छैन कि यसको शिकार पुरुषमात्र हुन्छन्, महिला पनि यसको सजिलै शिकार हुने गर्छन् ।
हालै, हलिउड सेलिब्रिटी विल स्मिथकी श्रीमती जाडा पिंकेट स्मिथले पोर्नसँग जोडिएको आफ्नो लतबारे खुलासा गरिन् । उनका अनुसार आफ्नो यो बानीले अत्यधिक सामना गर्नुपरेको उनले बताइन् । इन्टरनेटमा सार्वजनिक भएको एक भिडियोमा यसबारे कुरा गर्दै जाडाले त्यतिबेला आफू साँच्चै नै पोर्नको लत फसेको उनले बताइन् । त्यतिबेला उनले त्यसलाई निकै हल्का ढङ्गले लिएको पनि बताइन् । उनले भनिन्, ‘म यो भन्न सक्छु कि पोर्नसँग मेरो एउटा अस्वस्थ सम्बन्ध थियो । त्यतिबेला म निकै संयमित हुने प्रयास गरिरहेको थिएँ ।’
आफ्नी आमा एड्रिन बेनफिल्ड जोन्स र छोरी विलो स्मिथसँग कुरा गर्दै जाडा भन्छिन्, ‘यो कुनै खालीपन भरिरहेको जस्तो स्थिती थियो जुन वास्तवमा त्यस्तो थिएन । वास्तवमा पोर्न हेर्नु त्यति खराब पनि होइन तर त्यसमाथिको निर्भरताको नकारात्मक परिणाम हुनसक्छ । तर तपाईंलाई कसरी थाहा हुन्छ कि तपाईंको थोरै समयले एउटा सीमा पार गरिसकेको हुन्छ ? स्क्रिनलाई बन्द गरेर मद्दत माग्ने समय कहिले हो भन्ने धेरैलाई थाहा नहुनसक्छ ।’
जाडाका अनुसार पोर्नका लत निकै ठूलो समस्या हो तर धेरैजसो यसलाई वास्तविक समस्या मान्दैनन् । यद्यपी, व्यवसायिक मानसिक स्वास्थ्य विशेषज्ञले पोर्नको लत मानिसको मस्तिष्कमा एक नशालु औषधी वा रक्सीको लत जसरी नै हावी हुने गरेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान