मिक्लाजुङ हत्याकाण्डः स्थलगत अनुसन्धान अन्तिम चरणमा
सोमबार राति मिक्लाजुङ गाउँपालिकाको आरुबोटेमा दुई घरका नौजनाको हत्या भएको घटनाबारे भइरहेको स्थलगत अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई केन्द्र बनाएर केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेशअन्तर्गतको विशेष प्रहरी र जिल्ला प्रहरीको टोली घटनास्थल आसपासका क्षेत्रमा अनुसन्धानका लागि खटिएको छ । घटनाबारे बढेको चौतर्फी चर्चाका कारण सुरक्षा चिन्ता बढेसँगै अनुसन्धान प्रभावकारी बनाउने भन्दै खटाइएको सो विज्ञ टोली फर्कने तयारीमा छ ।
घटनास्थल मिक्लाजुङ–३ को आरुबोटे र आसपासका क्षेत्रको स्थलगत अनुसन्धान, हत्यामा प्रयोग भएका सामग्री संकलन, छिमेकी, आफन्तलगायत विभिन्न व्याक्तिसँगको सोधपुछ तथा प्राविधिक परीक्षणमा प्रहरी जुटेको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले बताए । यो समाचार आजको नागरिक दैनिकमा गिरिराज बाँस्कोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमुख्यमन्त्री शर्माले भने– कसैले कसैलाई दोष लगाएर केही हुनेवाला छैन
-
कोशीको लगातार छैटौँ हार, कर्णाली ५ विकेटले विजयी
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
बागमती प्रदेशमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
पटनाको होटलमा आगलागी, ६ जनाको मृत्यु