कीर्तिमानी आरोही कामिरिता शेर्पा ओर्लिए काठमाडौं, एयरपोर्टमा देखियो यस्तो खुसीयाली (फोटोफिचर)
काठमाडौं । २४ पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका साहसिक आरोही कामिरिता शेर्पा शनिबार काठमाडौँ आइपुगेका छन् ।
उनी लुक्काबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थलमा उत्रिदा आफन्त तथा समर्थकले खुसी मनाउँदै भव्य स्वागत गरेका थिए । विशेषगरी शेर्पा समूदाय उनलाई खादा लगाएर सम्मान गर्न लामबद्ध देखिन्थे । उनको भव्य स्वागतपछि राष्ट्रिय झण्डासहितको गाडीमा राखेर निवासतर्फ लगिएको थियो ।
कामिरिताले जेठ ७ गते सगरमाथाको २४ औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसको एक साताअघि पनि उनले सगरमाथाको सफल आरोहण गरेका थिए ।
लामो समयदेखि आरोहण क्षेत्रमा रहेका सोलुखुम्बु थामेका ४९ वर्षीय शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेर विश्व रेकर्ड समेत बनाएका छन् ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका छन् । शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने प्रतिक्रिया दिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?
-
रुसी सेनामा गएका नेपालीको अवस्थाबारे परराष्ट्रले जवाफ दिनुपर्छ : नेता पौडेल
-
क्लब छाड्ने निर्णयमा ज्याभीको यू–टर्न