कँग्रेस कार्यसमिति बैठकः राहुलले राखे अध्यक्ष पद छाड्ने प्रस्ताव, कार्यकारिणी सदस्यद्वारा अस्वीकार
नयाँ दिल्ली । लोकसभा चुनावमा हार बेहोरेपछि भारतीय कँग्रेसको कार्यसमिति बैठक जारी छ । बैठकमा राहुल गान्धीले हारको जिम्मेवारी लिँदै पार्टीको अध्यक्ष पदबाट राजीनामा दिने प्रस्ताव गरेका छन् ।
यद्यपि, कार्यकारिणी सदस्यले उनको प्रस्तावलाई अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यता, पार्टी प्रवक्ता रणदीप सिंह सुरजेवालाले भने राहुलले राजीनामाको प्रस्तावको खबर गलत भएको बताएका छन् ।
बैठकमा सोनिया गान्धी, मनमोहन सिंह, गुलाम नबी आजाद, प्रियंका गान्धी वाड्रासमेत कयौँ नेता उपस्थित रहेका छन् ।
राजीनामा दिएर राहुल सन् २०१४ जस्तै पार्टीको खराब प्रदर्शनका लागि आफू जिम्मेवार भएको सन्देश दिन चाहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सन् २०१४ मा काँग्रेसले ४४ सिट जितेको थियो भने यसपटक पार्टीले थप आठ सीट जितेको छ ।
बैठकमा लोकसभा चुनावमा बेहोरेको हारको समीक्षा गरिनेछ । विशेष गरेर मध्यप्रदेश, राजस्थान र छत्तीसगढ जस्ता क्षेत्र जहाँ पार्टीले पाँच महिनाअघि विधानसभा चुनावमा जित हासिल गरेको थियो । त्यस्तै, कर्नाटक विधानसभा चुनावमा बेहोरेको हारबो पनि मन्थन हुनेछ ।
यसबीच कर्नाटक, उत्तरप्रदेश र ओडिशामा कँग्रेस पार्टी अध्यक्षहरुले हारको जिम्मेवारी लिँदै पदमा राजीनमा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)