शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : अझै बुद्धको खोजी

शनिबार, ११ जेठ २०७६, १४ : ०७
शनिबार, ११ जेठ २०७६

–राकेश कार्की
        
जनयुद्धमा मारिएका
नेपाली दाजुभाइ दिदीबैनीहरु
सत्ताको ठाँटबाटमा
हतियार बिसाउनेहरु
अझै सत्ताको खोजीमा
हतियार उठाउनेहरु
हिंसामा के धर्म ?
त्यही पनि आफ्नै जन्मभूमिमा जन्मेका
बुद्धको शान्ति
आफ्नै माटो खोसिँ्रदै
हामी अझै बुद्ध खोजिरहेका छौँ ।

जब जब शान्ति हराउन थाल्यो
त्यसको खोजीमा
निस्फिक्री भई छाक कमाउन
सानीलाई खेलौना
प्रियालाई चोली सारी
आफ्नै सानो घरपरिवार बसाउन
विदेशको भूमिमा 
पसिना बगाउँदै
आशाहरू सँगाल्दै
एकदिन त आफ्नै देश फर्किने आशामा
मानचित्रको नेपाल अँगाल्दै
हामी अझै बुद्ध खोजिरहेका छौँ ।

राजतन्त्र पनि गयो
गणातन्त्र पनि आयो
त्यही पनि ‘लुट्न सके लुट कान्छा’ को गीत
बज्नुपरिरहेको छ
कान्छाले खानु परेको हन्डर
कति दुःख लाग्दो छ
सुनकाण्ड, वाइडबडी, नागरिकता ऐन
आदिले देश शर्माएको छ
जनताहरूलाई लाज लागेको छ 
त्यसैले त
नेपालीको स्वाभिमानले
देश विकास चाहने चिन्तनहरुले
भ्रष्टाचार, घुसखोरी नचाहने मनहरुले
हाम्रो प्यारो नेपालमा
सारा नेपालीहरुको मुटुमा
हामी अझै बुद्ध खोजिरहेका छौँ ।

लस एन्जेलस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप