शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सिन्जो आबे’ होइन ‘आबे सिन्जो’

हाम्रो नाम उच्चारण गर्दा सही तरिका अपनाइदिनुस् : जापानी विदेश मन्त्री
शनिबार, ११ जेठ २०७६, १३ : ४८
शनिबार, ११ जेठ २०७६

एजेन्सी । जापानले विश्व समुदायसँग तिनका र तिनको नेताको नाम सही तरिकाले उच्चारण गर्न आग्रह गरेको छ ।

जापानी संस्कृति अनुसार परिवारको नाम(थर) पहिलो उल्लेख गरिन्छ र व्यक्तिको नाम त्यसपछि मात्र उच्चारण हुन्छ । कोरिया र चीनमा पनि यही संस्कृति रहेको छ ।

तर विगत डेढ शताब्दी अघि जापानी नाम लेखनमा अंग्रेजी प्रणाली अंगिकार गरियो । यो अभ्यास जापानको आधुनिकरण सुरु भएको ‘मेइजी काल’मा स्वीकारिएको थियो ।

नाम लेखनमा पनि आधुनिकरण गर्ने उद्देश्य लिएरै अंग्रेजी प्रणाली अंगिकार गरिएको थियो । लामो अभ्यासले गर्दा यो अभ्यास जापानमा सामान्य बनिसकेको अवस्थामा हालको परिवर्तनको प्रस्ताव आएको छ । 

नयाँ राजा चुनिदाँ नयाँ काल पनि सुरु हुने जापानमा यही महिनाबाट ‘रेइवा काल’ सुरु भएको छ । नयाँ कालमा प्रवेश गर्दै गर्दा जापानले नाम लेखनमा आफ्नो परम्परामा फर्किने निर्णय गरेको छ । 

मंगलबार संचारकर्मीसँग जापानी विदेशमन्त्री तारो कोनोले नाम लेखनबारे प्रष्टाउने प्रयास गर्दै भने, “हाम्रो प्रधानमन्त्रीको नाम भन्ने सही तरिका आबे शिन्जो हो । चिनियाँ राष्ट्रपति सी जिनपिंग र दक्षिण कोरियाको राष्ट्रपति मून जे–इनको नाम पहिलेदेखि सही तरिकाले उच्चारण भइरहेको छ ।”

“म चाँडै अन्तर्राष्ट्रिय मिडियालाई यस सम्बन्धमा एक आग्रह जारी गर्ने योजनामा छु,” कोनोले भने । विदेश मन्त्रीले जापानका अंग्रेजी माध्यमका मिडियाले तत्काल यो शैलीलाई पछ्याउन आग्रह गरे ।

त्यस क्रममा उनले २० वर्ष जारी भएको एक रिपोर्टको पनि उल्लेख गरे । नेशन ल्याङवीज काउन्सीलको २० वर्ष पुरानो रिपोर्टमा अंग्रेजी भाषामा सही जापानी ढाचाँ अंगिकार गर्न आग्रह गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप