शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार गर्ने सेनाका कर्नेल ३ महिना जेल चलान

शनिबार, ११ जेठ २०७६, १३ : ०२
शनिबार, ११ जेठ २०७६

नेपाली सेनाका लेफ्टीनेन्ट कर्नेल केशवराज कार्की बर्खास्तीमा परेका छन् । सेनाको समरी सैनिक अदालतले भ्रष्टाचारमा कसुर ठहर भएका कर्नेल कार्कीलाई जागिरबाट बर्खास्त गरेसँगै जेल चलान गरेको छ । 

राष्ट्रपति चुरे संरक्षण आयोजना अन्तर्गतको पचास लाख रकम भ्रष्टाचार गरेको ठहर गर्दै कार्कीलाई शुक्रबार राति नै जेल चलान गरिएको नेपाली सेनाको मुख्यलय जंगी अड्डा स्रोतले जनाएको छ । 

उदयपुरस्थित कालीसिद्धी गणको प्रमुख रहेका प्रमुख सेनानी (लेफ्टीनेन्ट कर्नेल) कार्कीविरुद्व राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको भन्दै वैशाख २ गते उजुरी परेको थियो । 

अदालतले पेस गरेको निर्णय शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि कार्कीलाई सेवाबाट बर्खास्त गरेर तीन महिना कैद सजाय सुनाइएको हो ।

चुरे संरक्षणअन्तर्गत ताल संरक्षणका लागि प्राप्त बजेटमा घोटला भएको उजुरी प्राप्त भएपछि त्यसबारेमा वैशाख ५ गतेदेखि कोर्ट अफ इन्क्वारी बोर्डले छानबिन गरेको थियो । 

छानबिनबाट कार्कीले भ्रष्टाचार गरेको देखिएपछि गत वैशाख २३ गते सैनिक समरी जनलर अदालत गठन भएको थियो । जेठ ३ गते सुनुवाई सकिएपछि शुक्रबार फैसला सुनाइएको हो ।

उनले हिनामिना गरेको ४९ लाख कार्कीबाट असुलउपर गर्ने गरी फैसला भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप