शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपतिबाट राहदानी विधेयक फिर्ता भएपछि बोले सभामुख

शनिबार, ११ जेठ २०७६, १२ : ५९
शनिबार, ११ जेठ २०७६

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रमाणीकरणका लागि पठाइएको राहदानी संशोधन विधेयक फिर्ता गरिएको विषयमा सभामुख कृष्ण बहादुर महराले आफ्नो धारणा सार्वजनिक गरेका छन् । यसबारे महराले आफ्नो सचिवालयलमार्फत धारणा सार्वजनिक गरेका हुन् । 

राष्ट्रपति भण्डारीले उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै बिहिबार प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन् । दुवै सदनले पारित गरेर पठाउनुपर्ने विधेयक प्रतिनिधिसभाले मात्र पारित गरेको भन्दै राष्ट्रपतिबाट फिर्ता भएको हो ।

प्रतिनिधिसभाले पारित गरेको राहदानी संशोधन विधेयक राष्ट्रियसभाले ६० दिनभित्र कुनै निर्णय नगरेको भन्दै प्रतिनिधिसभाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो । 

कानूनमन्त्रीले संविधानको धारा १११ को उपधारा ५ को अपव्याख्या गर्दै २ महिनासम्म पनि राष्ट्रियसभाले सो विधेयक फिर्ता नगरेमा प्रतिनिधिसभाले बहुमतको आधारमा पारित गरी संसदको तेस्रो अधिवेशनबाट पारित गरेको थियो ।

तर सभामुखको सचिवालयले भनेको छ,‘नेपालको संविधान २०७२ को भाग ९ को धारा १११ को उपधारा ५ मा उल्लेख भएअनुसार प्रतिनिधि सभाले पारित गरी राष्ट्रिय सभामा पठाएको अर्थ विधेयक बाहेक अन्य विधेयकहरु राष्ट्रिय सभाले आफू समक्ष प्राप्त भएको दुई महिनाभित्र पारित गरी वा सुझाव सहित फिर्ता पठाउनुपर्नेछ । त्यस्तो समयावधिभित्र राष्ट्रिय सभाले सो विधेयक फिर्ता नगरेमा प्रतिनिधि सभाले तत्काल कायम रहेको सदस्य संख्याको बहुमत सदस्यहरुको निर्णयबाट सो विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्न सक्नेछ ।’


यता सभामुखको सचिवालले तेस्रो अधिवेशन २०७५ पुस ११ गते सुरु भई  चैत १० सम्पन्न भएको जनाएको छ । साथै उसले ९० दिनको उक्त अवधिमा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल गरी प्रतिनिधि सभामा पठाउन पर्याप्त समय रहेको भएको दाबी गरेको  छ ।
 
साथै  विधेयक फिर्तापछि मिडियामा ‘प्रतिनिधि सभाले राष्ट्रिय सभालाई छलेको’ भन्ने खालको आसयमा समाचार आएको भन्दै सभामुखको सचिवालयले विधेयक संघीय संसदका दुवै सदनमा के कसरी प्रक्रिया अघि बढेको थियो भन्ने जानकारी गराएको छ ।

यस्तो छन् विधेयकसम्बन्धि विधि व्यवस्थापन प्रक्रियाका विभिन्न चरणहरु
 
१)    प्रतिनिधि सभाले पारित गरेको    – २०७५ असोज १० गते
२)    राष्ट्रिय सभामा सन्देशसहित पठाइएको– २०७५ असोज ११ गते
३)    राष्ट्रिय सभामा टेबुल भएको    – २०७५ असोज ११ गते
४)    दोस्रो अधिवेशन अन्त्य    – २०७५ असोज ११ गते
५)    तेस्रो अधिवेशन प्रारम्भ    – २०७५ पुस ११ गते
६)    तेस्रो अधिवेशन अन्त्य    – २०७५ चैत १० गते
७)    विधेयक राष्ट्रिय सभामा रहेको कूल समय– ७ महिना ७ दिन 
    २०७५ असोज ११–२०७६बैशाख १७    
क) संसद नचलेको समय ः    – दोस्रो अधिवेशनपछि ३ महिना
    – तेस्रो अधिवेशनपछि ३५ दिन 
    ख) संसद चलेको समय ः
– ३ महिना (तेस्रो अधिवेशन)
– १ दिन (चौथो अधिवेशन)
८)    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिद्वारा  राष्ट्रिय सभामा प्रतिवेदन पेस
    – २०७५ फागुन ६ गते
९)    राष्ट्रिय सभाबाट निर्धारित समयमा प्रतिनिधि सभामा फिर्ता पठाउन नसकिएको व्यहोराको पत्र पठाइएको
– २०७६ बैशाख १७ गते
१०)    प्रतिनिधि सभाद्वारा प्रमाणीकरणका लागि पठाउने निर्णय– २०७६ बैशाख २० गते
११)    प्रमाणीकरणका लागि राष्ट्रपतिका लागि पठाइएको– २०७६ बैशाख २६ गते

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप