जुन गोठमा एउटा दाम्लोमा पशु र अर्कोमा मानिस बाँधिन्छ
बुटवल । ढुङ्गाले छाएको घर अगाडि सामान्य टिनको छाप्रो छ । त्यही छाप्रो नै त्यस परिवारको पशुपालन गर्ने गोठ –भकारो हो । त्यस गोठको एउटा दाम्लोमा भैसी बाँधिएको छ । अरु चार वटा दाम्लोमा बाख्रा र छैठौं दाम्लोमा आफ्नो छोरा बाँधिएको छ ।
यो गुल्मीको ईस्मा गाउँपालिका– ६ , अमरपुर वुल्म गाउँका खिमबहादुर कुमालको घर–गोठमा दैनिक देखिने दृश्य हो । एक भैसी, चार बाख्रा र एक छोरा सहित ६ वटा दाम्लामा बाँधिएका छन् । पाँच पशु र उनका एक २० बर्षिय छोरा गोकुल भन्ने थम्मन कुमाल ।
झट्ट हेर्दा गोठमा बसेका ती युवालाई गाई भैसी गोठाल्याँई गर्न बसेका होलान् भन्ने लाग्छ । जसले गर्दा धेरैले वास्ता गर्दैनन । अलि नजिक गएर नियाल्दा उनि पशु र्झैं त्यस गोठमा बधुवा छन् ।
फरक यति छ पशुहरुको गलामा दाम्लो बाँधिएको छ उनको खुट्टामा ।
बेला बेलामा कराउने तीनै पशुहरुको आवाज उनको घरयासी कुराकानी बनि रहेको छ । पशु कराउन थाल्यो कि कहिले उनि हाँसो खुशीको मुद्रमा आफ्नै शैलीको गफ बर्बराउ छन् त कहिले दुख पिडाको मुद्रमा थन्थनाउँछन् ।
साँझ र विहान बाहेक उनका बाबु आमा सहितको परिवार कोही हुन्नन् घरमा । जुन छाप्राको कतै बार छैन चारैतिर खुल्ला छ । मौसम ठिक भएको बेला त उनी घाम भए थोरै शितल तिर चिसो लागे थोरै घाम तिर सर्ने कोशिस गर्छन् ।
तर बढि से बढि जाडो र असिना पानी चलेको बेला उनलाई कठाग्रीन र असिना पानीमा मुसो कुटिए झैं कुटिना बानी परेकोले सामान्य लाग्ने गरेको छ । बाबु खिमबहादुर र आमा सिता भन्ने धनी कुमाल दैनिक अर्काको निमेक मजदुरीमा जान्छन् । तीन सन्तान मध्ये गोकुल माइला हुन् । जेठा भारतको मजदुरी गर्न गएका छन् ।
उनका भाइ स्कुल जान्छन् । आमा भन्छिन्– हामी दिनभरी निमेक मजदुरीमा यही भखारोमा बाँधेर जान्छौं । उसले खाना खाने भनेको विहान वेलुका हो । दिनैभरी भोकै बस्छ । त्यही दिसा पिसाप गर्छ । साझ आएपछि हामीले सफा गरिदिन्छौं । उनका अनुसार उनी सात वर्षको उमेरसम्म हिँड्न सक्दैन्थे ।
सात वर्षमा हिँड्न थालेपछि उनलाई भारतमा तीन बर्षसम्म उपचार गर्न लगियो । तर सुधार आएन । घर ल्याएपछि गत १० बर्षदेखि उनलाई त्यसै गोठमा बाँधेर राख्न थालिएको उनकी अमाले बताइन् ।
सधै गोठमा बस्ने बानी परेकोले उनलाई फुकाएर छाडियो भने उनी कसैको घरमा पस्दैनन् । सिधै उनिहरुको गोठ भित्र गएर गाई भैसी बाख्रा संगै बस्छन् । जसले गर्दा छिमेकीले अनेक शंका गरेर पिट्ने गाली गर्ने गर्छन । जसले गर्दा उनलाई खाना खाने बेला बाहेक अन्य सबै समयमा बाँधेर राख्नु परेको हो ।
परिवारले बाँधेरै भए पनि माया दिए पनि समाजले माया दिन सकेन । त्यस कारणले उनी बधुवा हुनु परेको हो । राज्यबाट उनलाई अपाङ्ग भत्ता मिलेको छ । तर उनका लागि भत्ता भन्दा ठुलो संरक्षण र उपचारको खाँचो छ ।
नगद भत्ताले मात्र यस्ता असहायहरुको कल्याण हुन्छ भन्ने उनको जीवन भोगाइले गलत सावित गराइदिएको छ । उनलाई भत्ताको साटो उनि जस्तै फरक क्षमताका विद्यार्थी पढ्ने विद्यालयमा भर्ना गरि दिन सके राम्रो हुने कुमाल परिवारको जोड छ ।
उनको बारेमा त्यस वडाका वडाध्यक्ष हिराबहादुर जिसीको ध्यानाकर्षण गराउँदा उनको संरक्षण गर्ने कुनै संघ संस्था खोजेर उनलाई बधुवा मुक्त गर्ने विषयमा गाउँपालिकामा कुरा राख्ने प्रतिबद्धत्ता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’