केन्द्रीय संस्करण

जुन गोठमा एउटा दाम्लोमा पशु र अर्कोमा मानिस बाँधिन्छ

person explore access_timeजेठ ११, २०७६ chat_bubble_outline0
प्रेम सुनार

रातोपाटी

बुटवल ।  ढुङ्गाले छाएको घर अगाडि  सामान्य टिनको छाप्रो छ । त्यही छाप्रो नै त्यस परिवारको  पशुपालन गर्ने गोठ –भकारो हो ।  त्यस गोठको एउटा दाम्लोमा  भैसी बाँधिएको छ । अरु  चार वटा दाम्लोमा  बाख्रा र छैठौं दाम्लोमा आफ्नो छोरा बाँधिएको छ ।

     यो गुल्मीको ईस्मा गाउँपालिका– ६ , अमरपुर वुल्म गाउँका  खिमबहादुर कुमालको घर–गोठमा दैनिक देखिने  दृश्य हो । एक भैसी,  चार बाख्रा  र एक छोरा सहित ६ वटा दाम्लामा बाँधिएका छन् ।  पाँच पशु र उनका एक  २० बर्षिय छोरा गोकुल भन्ने थम्मन कुमाल  ।

   झट्ट हेर्दा  गोठमा बसेका ती युवालाई  गाई भैसी गोठाल्याँई गर्न बसेका होलान् भन्ने लाग्छ । जसले गर्दा धेरैले वास्ता गर्दैनन ।  अलि नजिक गएर नियाल्दा उनि पशु र्झैं त्यस गोठमा बधुवा छन् ।

  फरक यति छ पशुहरुको गलामा दाम्लो बाँधिएको  छ  उनको खुट्टामा ।  

  बेला बेलामा कराउने तीनै पशुहरुको आवाज उनको  घरयासी कुराकानी  बनि रहेको छ । पशु कराउन थाल्यो कि कहिले उनि  हाँसो खुशीको मुद्रमा आफ्नै शैलीको गफ बर्बराउ छन् त कहिले दुख पिडाको मुद्रमा थन्थनाउँछन् ।

   साँझ र विहान बाहेक उनका बाबु आमा  सहितको  परिवार कोही हुन्नन् घरमा ।  जुन छाप्राको  कतै बार छैन चारैतिर खुल्ला छ । मौसम ठिक भएको बेला त उनी घाम भए थोरै शितल तिर चिसो लागे थोरै घाम तिर सर्ने कोशिस गर्छन् ।

   तर बढि से बढि जाडो र असिना पानी  चलेको बेला उनलाई कठाग्रीन र  असिना पानीमा मुसो कुटिए झैं कुटिना बानी परेकोले सामान्य लाग्ने गरेको छ । बाबु खिमबहादुर   र आमा सिता भन्ने धनी कुमाल दैनिक अर्काको निमेक मजदुरीमा जान्छन् । तीन सन्तान मध्ये गोकुल माइला हुन् । जेठा भारतको मजदुरी गर्न गएका छन् ।

   उनका भाइ स्कुल जान्छन् ।  आमा भन्छिन्– हामी दिनभरी निमेक मजदुरीमा यही भखारोमा बाँधेर जान्छौं ।  उसले खाना खाने भनेको विहान वेलुका हो । दिनैभरी भोकै बस्छ । त्यही दिसा पिसाप गर्छ । साझ आएपछि हामीले सफा गरिदिन्छौं । उनका अनुसार उनी सात वर्षको उमेरसम्म हिँड्न सक्दैन्थे ।

  सात वर्षमा हिँड्न थालेपछि उनलाई भारतमा तीन बर्षसम्म उपचार गर्न लगियो । तर सुधार आएन । घर ल्याएपछि गत १० बर्षदेखि उनलाई त्यसै गोठमा बाँधेर राख्न थालिएको उनकी अमाले बताइन् ।

   सधै गोठमा बस्ने बानी परेकोले उनलाई फुकाएर छाडियो भने उनी कसैको घरमा पस्दैनन् ।  सिधै उनिहरुको गोठ भित्र गएर गाई भैसी बाख्रा संगै बस्छन् ।  जसले गर्दा छिमेकीले अनेक शंका गरेर पिट्ने गाली गर्ने गर्छन । जसले गर्दा उनलाई खाना खाने बेला बाहेक अन्य सबै समयमा बाँधेर राख्नु परेको हो ।

  परिवारले बाँधेरै भए पनि माया दिए पनि समाजले माया दिन सकेन । त्यस कारणले उनी बधुवा हुनु परेको हो । राज्यबाट उनलाई अपाङ्ग भत्ता मिलेको छ । तर उनका लागि भत्ता भन्दा ठुलो संरक्षण र उपचारको खाँचो छ ।

  नगद भत्ताले मात्र यस्ता असहायहरुको कल्याण हुन्छ भन्ने उनको जीवन भोगाइले गलत सावित गराइदिएको छ । उनलाई भत्ताको साटो उनि जस्तै फरक क्षमताका विद्यार्थी पढ्ने विद्यालयमा भर्ना गरि दिन सके राम्रो हुने कुमाल परिवारको जोड छ ।

   उनको बारेमा त्यस वडाका वडाध्यक्ष हिराबहादुर जिसीको ध्यानाकर्षण गराउँदा उनको संरक्षण गर्ने कुनै संघ संस्था खोजेर उनलाई बधुवा मुक्त गर्ने विषयमा गाउँपालिकामा कुरा राख्ने  प्रतिबद्धत्ता जनाए  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...