शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चर्को शुल्क असुल गर्ने शिक्षण संस्थालाई विप्लवका विद्यार्थीले कार्वाही गर्ने

शुक्रबार, ०२ असार २०७४, १७ : ०१
शुक्रबार, ०२ असार २०७४

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियू क्रान्तिकारीले निजी शिक्षण संस्थाहरुमा वृद्धि गरिएको शुल्क फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।

अनेरास्ववियू क्रान्तिकारीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा क्षेत्रमा देखिएका विकृति–विसंगति अन्त्य गर्ने, निजी क्षेत्रमा वृद्धि गरिएको शुल्क फिर्ता लिने लगायतका सहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका सचिव रामबहादुर विश्वकर्माले चर्को शुक्ल वृद्धि गर्ने शिक्षण संस्थाहरुमा तालाबन्दी गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरे ।

अनेरास्ववियू क्रान्तिकारीले चर्को शुल्क असुल गर्ने शिक्षण संस्थालाई कार्वाही गर्न सरकारलाई पनि दवाव दिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप