बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

४० हजार पुस्तक भएको संसद् लाइब्रेरी, एकपटक पनि छिरेनन् शीर्ष नेता

शनिबार, ११ जेठ २०७६, ०७ : ४७
शनिबार, ११ जेठ २०७६

संघीय संसद् प्रारम्भ भएको डेढ वर्ष पुगिसकेको छ । तर, शीर्ष नेता भने संसद्को पुस्तकालयमा एकपटक पनि पुगेका छैनन् । पटकपटक पुस्तकालय जाने र अध्ययन गर्नेमा पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र दीनानाथ शर्मा मात्रै छन् । त्यसबाहेक कुनै पनि राजनीतिक दलका शीर्ष नेता पुस्तकालय गएको रेकर्ड सचिवालयमा छैन । 

४० हजार पुस्तक भएको लाइब्रेरीबाट सांसदहरूले कति पुस्तक पढ्न लगेका छन् भन्ने तथ्यांकसमेत छैन । तर, डेढ सयजति पुस्तक मात्रै पढ्न लगेको मोटामोटी तथ्यांक छ । २७५ सदस्यीय प्रतिनिधिसभाका १० र ५९ सदस्यीय राष्ट्रिय सभाका १७ सांसद मात्रै पुस्तकालय पुगेको रेकर्ड छ । ‘कुन सांसदले कति पुस्तक र कुन–कुन लानुभयो भन्ने विवरण उतार्न समय लाग्छ । 

सबै कुरा बताएर पनि हुन्न,’ पुस्तकालय प्रमुख कमलादेवी शर्माले भनिन् । संसद्को पुस्तकालयमा बसेर पढ्ने ठाउँसमेत पर्याप्त छैन । उपयुक्त पुस्तक अभाव र पुस्तकालयमा बस्ने ठाउँको अभावका कारण नगएको सांसदहरू बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप