बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सांसदको ध्यान पैसातिर

शनिबार, ११ जेठ २०७६, ०६ : ३०
शनिबार, ११ जेठ २०७६

सांसदका सुझाव समेट्न केही दिनअघि अर्थमन्त्री युवराज खतिवडाले गण्डकी प्र्रदेशका सांसदलाई मन्त्रालयमा बोलाए । प्रत्यक्ष निर्वाचित अधिकांश सांसदको सुझाव थियो, निर्वाचन क्षेत्र विकास पूर्वाधार कार्यक्रमको रकम ४ करोडबाट बढाएर १० करोड पुर्याउनुपर्यो । 

टाउको हल्लाउँदै अर्थमन्त्रीले सांसदको सुझाव नोट गरिरहेका बेला नेकपाकी नेर्त यशोदा सुवेदी गुरुङ भने कड्किइन् । ‘अर्थमन्त्रीज्यू, निर्वाचन क्षेत्र विकासको कार्यक्रम थप गर्ने त परै जाओस्, चार करोड दिने निर्णय गर्नुभयो भने म अदालत जान्छु ।’ 

प्रमुख सचेतक देव गुरुङकी पत्नी यशोदाको उक्त चेतावनीपछि बैठकमा सांसदबीच चर्काचर्की पर्यो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा नरेन्द्र साउदले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप