शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार तपाईंको दिन कस्तो छ ?

शनिबार, ११ जेठ २०७६, ०६ : २२
शनिबार, ११ जेठ २०७६

वि.सं.२०७६ साल ज्येष्ठ ११ गते । शनिबार । ईश्वी सन् २०१९ मे २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि षष्ठी,०२ घडी १४ पला,बिहान ०६ बजेर ०६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र श्रवण,१२ घडी ३९ पला,बिहान १० बजेर १६ मिनेट उप्रान्त धनिष्ठा । योग ब्रम्ह,१५ घडी २४ पला,बिहान ११ बजेर २२ मिनेट उप्रान्त ऐन्द्र । करण वणिज,बिहान ०६ बजेर ०६ मिनेट भद्रा,बेलुकी ०७ बजेर ०२ मिनेट उप्रान्त बव । आनन्दादिमा आनन्द योग । चन्द्रराशि मकर,बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त कुम्भ । धनिष्ठा पञ्चक आरम्भ । 

काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५० मिनेट । दिनमान ३४ घडी ०४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ काम पाउने तथा नोकरिमा बढुवाको प्रशस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे आम्दानीगर्न सकिनेछ भने नया प्रकृतिको काम गर्ने बाताबरण बन्नेछ । पढाइ  लखाईमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ । आमा बुवाको सल्लाह तथा सुझाबलाई आत्मसाथ गर्दै अगाडि बढ्दा मनग्गे लाभ लिन सकिनेछ । सरकारी तथा  प्रशासनिक कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न हुनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले ठुलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानीकास्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । 

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार व्यावसायमा नाफा कमाउन बढिनै संघर्ष गर्नुपर्नेछ ।  बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । श्वासप्रश्वास तथा छाति सम्बन्धि समस्याले सताउने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेकोछ । सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ । 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामो दुरिको व्यावसायिक यात्रा हुनेछ भने व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाइने छ । अध्ययनमा बिद्यार्थी हरुले चाहेजस्तो नतिजा हात पार्न सक्नेछन् । विलाशी वस्तुको प्रयोग मार्फत अरुको मन तान्न सकिनेछ । प्रिजजन भेट हुनेछ भने आथित्यपुर्ण सम्मान पाइने  योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु तथा प्रतिष्पर्धिहरु आईलाग्ने भएपनि अन्तत तपार्ईँको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धि पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज बाताबरण बन्नेछ । पढाइ  लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनी  गर्न सकिनेछ । नोकरिमा प्रवेशको सम्भावनालाई नकार्न सकिने अवस्था छैन । प्रेम प्रशङगमा एक अर्काबिच नजिक हुने तथा रमाउँन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ  लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरुलार्ई पछि छोड्दै एक कदम अगाडि बढ्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रिएर जानेछन् भने नया ठाउबाट प्रेम प्रस्ताव आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आकस्मिक धन सम्पति हात लागि हुने योग रहेकोछ । पदिए दायित्व बढ्ने तथा काम गर्ने ठाउमा तपार्ईँको काम गर्ने शैलिको धेरैले प्रशंसा गर्नेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक काम गर्दा ध्यान दिनुहोला प्रतिष्पर्धिहरुले तपार्ईँको साख गिराउन खोज्नेछन् । खोज तथा अनुशन्धानमा दिईएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुन मुस्किल रहेकोछ । घर जग्गा तथा स्थाई सम्पतिमा बिवाद आउने योग रहेकोछ भने आमा वा आफन्त सँग टाडिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्याबहार गर्नुहोला समय मध्ययम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना समस्याहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ भने नयाँ नयाँ काम गरि रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानीगर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने छोटो दुरिको व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धिहरुलार्ई सजिलै हराउँन सक्नेछन् भने पढाइ  लेखाइ मा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । अदालति निर्णयहरु तपार्ईँकै पक्षमा आउँने हुनालेमन प्रशन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको गतिलो समर्थन पाउँने तथा पदप्रतिष्ठा पाउँने समय रहेकोछ । नयाँ काम गरि मनग्गे आम्दानीबढाउँन सकिनेछ । व्यापार व्यावसायमा समय थोरै दिएपनि मनग्गे आम्दानीहुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ भने परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर काम कामहरु थालनी  गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानी  फस्ने योग रहेकोछ । राजनीति तथा समाजसेवामा कमाएको इज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पति तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्तजन सँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । पढाइ  लेखाइ  तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी  गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ईमान्दारिता पुर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउँने हुनालेमन प्रशन्न हुनेछ । सरकारि धन तथा पैत्रिक सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानीगर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा पतिष्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित कामहरु फस्टाएर जानेछन् । चाहको बस्तु तथा मनोकामनाहरु पूरा हुनालेमन प्रफुल्ति हुनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप