मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राकुटेन भाइबर तथा जगदम्बा मोटर्स् ‘चान्स् टु वीन थ्रु क्लिक’ योजनाका विजेतालाई टिभीएस एनटर्क स्कुटर

शुक्रबार, १० जेठ २०७६, १९ : ०८
शुक्रबार, १० जेठ २०७६

काठमाडौं– टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि एक मात्र आधिकारिक वितरक जगदम्बा मोटसर््ले जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।

जगदम्बा मोटर्सले ‘चान्स टु वीन थ्रु क्लिक’ नामक अभियान सार्वजनिक गरेको थियो जस अन्तर्गत ग्राहकहरुले ‘चान्स टु वीन थ्रु क्लिक’ स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए । 

अभियानको अन्त्यमा जगदम्बा मोटर्सले विजेताको नाम घोषणा गरेको छ । यस अभियानकी विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरिएको छ । उनलाई जगदम्बा मोटर्स्का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरेका छन् ।

राकुटेन भाइबरका सिनियर डाइरेक्टर विजनेस डेभ्लप्मेन्ट तथा एपीएसी अनुभव नायरले भने, ‘देशभर रहेका हाम्रा प्रयोगकर्तालाई खुसि पार्न राकुटेन भाइबरले अनवरत रुपमा आफ्ना साझेदारहरुसँग काम गरिरहेको छ । नेपालमा रहेका हाम्रा प्रयोगकर्ता जसले आफ्ना निकतम व्यत्तिहरुसँग नजिक रहन भाइबर प्रयोग गर्नेहरुलाई धन्यवाद ।’

जगदम्बा मोटर्स्का भाइस् प्रेसिडेन्ट दीपक अग्रवालले भने, ‘हाम्रो ब्राण्डसँग सहकार्य गरेर ग्राहकहरुलाई डिजिटल्ली जोड्दै उत्साह र खुसीयाली बाँढ्न मद्दत गरेकोमा हामी भाइवरलाई आभार प्रकट गर्न चाहन्छौँ । हामी देशभरका ग्राहकहरुको उत्साहजनक सहभागीताले अत्यन्तै खुसी छौँ । हाम्रो यस अभियानलाई भव्यताका साथ सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छौं ।’
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप