शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिन्धुलीबाट ‘छ माया छपक्कै’को छायाङ्कन

शुक्रबार, १० जेठ २०७६, १८ : ५९
शुक्रबार, १० जेठ २०७६

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ‘छ माया छपक्कै’को छायाङ्कन सुरु भएको छ । बिहिबार सिन्धुलीबाट फिल्मको छायाङ्कन सुरु भएको यसका निर्माता रोहित अधिकारीले जानकारी दिए । 

आगामी दशैँमा रिलिज गर्ने उद्देश्यसहित सुरु भएको फिल्म रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँगको टिपअपमा मिलेर बनाउन लागेका हुन् । 

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण बन्न लागेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलियालगायतका कलाकारको अभिनय रहनेछ ।

४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई हरि हुमागाईंले छायाङ्कन रहेको छ । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्ममा दीपक शर्माको संगीत छ । 

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरबीले सहयोग गरेका छन् । 
जितु नेपाल र केदार केदार घिमिरे फिल्मका कार्यकारी निर्माता हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप