बले र कक्रोजको ‘क्यालकुलेटर’ सार्वजनिक
शुक्रबार, १० जेठ २०७६, १८ : ५५
काठमाडौंँ । हास्य सिरियल ‘भद्रगोल’का कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज)को अभिनय रहेको नयाँ गीत ‘क्यालकुलेटर’ सार्वजनिक भएको छ ।
भिडियोमा यी दुवै कलाकारलाई शिक्षा संग्रौलाले मोडलिङमा साथ दिएकी छन् । रोमान्टिक थिममा तयार गरिएको भिडियोमा कमलमान नेपाल, मधुसुदन पाठक र गम्भीर बिष्टको समेत अभिनय देख्न सकिन्छ ।
शंकर थापा (स्माइल) र विजय अधिकारीको स्वर रहेको गीतमा डिपी खरेलको शब्द र बिष्णु अधिकारीको संगीत रहेको छ ।
भिडियोमा भने नवराज उप्रेतीको छायाँकन, नविन निरौलाको सम्पादन र नृत्य तथा निर्देशक गम्भीर बिष्टको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?