शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नियमविपरीत गाडी चलाए एक लाख जरिवाना

शुक्रबार, १० जेठ २०७६, १७ : ५८
शुक्रबार, १० जेठ २०७६

आठबीसकोट नगरपालिकाले नियमविपरीत चल्ने सवारी साधनलाई कारवाही गर्ने भएको छ । 

लामो तथा छोटो दूरीमा नियमविपरीत सवारीसाधन सञ्चालन भइरहेको गुनासो आएपछि नगरपालिकाले अब त्यस्ता सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने बताएको हो । 

नगरमा सञ्चालित छोटो तथा लामो दूरीका सवारी साधनलाई सवारी नियम पालना गर्न सचेत गराउँदै नगरपालिकाले नियम पालना नगरे रु एक लाखसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । 

नगरपालिकाले एक सूचना जारी गर्दै जीप तथा भाडाका सवारी साधन रुट परमिट नलिई सञ्चालन भइरहेको, यात्रु तथा सवारी बीमा नगरेको, ब्लु बुक, लाइसेन्सजस्ता कागजात नभएको भेटिएको बताएको छ ।

नगरपालिकाले तत्कालै नियम पालना गर्न सचेत गराएको छ । अब पनि त्यस्तै त्रुटि भेटिएमा कारवाही गर्ने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए । 

नियमविपरीत जथाभावी सवारीका साधन सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै यात्रुसमेत ठगिने सम्भावना पनि उत्तिकै रहेकाले नगरमा सञ्चालन हुने सवारी साधनलाई नियमन गर्न लागिएको उनको भनाइ छ ।

त्यस्तै नगरपालिकाले टिकट काउन्टरमा बस्नेलाई अनिवार्य परिचयपत्र लगाउन र टिकट काउन्टरबाट मात्र टिकट काट्न पनि सचेत गराएको छ । 

सवारी साधनलाई नियमन गर्न लागिएपछि नगरको यातायात सेवा व्यवस्थित हुने नगरवासीले अपेक्षा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप