शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानको परिधिभित्र रहेर कानुन निर्माण गर्न सरकारलाई सुझाव

शुक्रबार, १० जेठ २०७६, १७ : ५१
शुक्रबार, १० जेठ २०७६

प्रतिनिधिसभाका सांसदहरुले संविधानको परिधिभित्र रहेर कानुन निर्माण गर्न सरकारलाई सचेत गराएका छन ।

प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले संविधानको स्पिरिट अनुसार कानुन निर्माण गर्न सरकारलाई सचेत गराएका हुन् । 

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले सरकारी सेवामा प्रवेश गर्ने कानुनी व्यवस्था पनि संविधानको मर्म विपरित हुन नहुने पनि स्पष्ट पारे । 

समितिका अर्का सदस्य तेजुलाल चौधरीले तल्लो तहका जनतालाई पनि माथिल्लो तहको कर्मचारी बन्ने गरी कानुन बनाउन सरकारसँग माग गरे । 

उनले आरक्षणको नाममा खस आर्यलाई नै बल पु¥याउने गरी लोक सेवा आयोगको परीक्षा लिने कानुनी व्यवस्था गर्न नहुने पनि स्पष्ट पारे । 

समितिका सदस्यहरुले महिलाभित्र पनि समावेशी समानुपातिक ढंगले सरकारी सेवामा प्रवेश हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका थिए । 

समितिका सदस्य अमनलाल मोदीले महिला भित्र पनि संविधानमा उल्लेख गरिएको समावेशी समानुपातिक सिद्धान्तको आधारमा सरकारी सेवामा प्रवेश गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । 

उनले थारु समुदायलाई राज्यले सरकारी सेवा प्रवेशमा समेत निषेध गर्न खोजेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

समितिका सदस्यहरुले खस–आर्यमा पनि गरिव समुदाय रहेको उल्लेख गर्दै त्यसमा पनि आरक्षणको व्यवस्था गरेर सरकारी सेवामा प्रवेश गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप