शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारको मानवअधिकार आयोगलाई कमजोर बनाउने मनसाय होइन’

शुक्रबार, १० जेठ २०७६, १७ : ४५
शुक्रबार, १० जेठ २०७६

कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले मानवअधिकार आयोगलाई कमजोर बनाउने मनशाय सरकारको नरहेको स्पष्ट पारेका छन् । 

मानवअधिकार आयोगको स्वायक्ततालाई नै कमजोर बनाउने र सरकार मातहतको निकाय जस्तो संरचना मात्रै राख्ने किसिमका प्रावधानसहित सरकारले मानवअधिकार आयोग सम्बन्धी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भईरहेका बेला संसदीय समितिका सभापतिले विधेयकका सन्र्दभमा सरकारको बचाउ गरेका हुन् । 

समिति सभापति पोखरेलले शुक्रबार आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गरि अन्तर्राष्ट्रिय मुल्यमान्यता, अन्तर्राष्ट्रिय अभिसन्धिहरु र संविधानमा व्यवस्था भए अनुसारकै विधेयक आउनेमा विश्वस्त हुन आग्रह गरे । 

संविधानले नै मुद्दाको अभियोजन गर्ने अन्तिम अधिकारी महान्यायाधिवक्तालार्य तोकेकोले त्यही व्यवस्था विधेयकमा गरिएको भन्दै आयोगले मानवअधिकार उलंघनका घटनामा दोषी किटान गरि कारवाहीको सिफारिस गर्न सक्ने बताए । 

उनले अन्तराष्ट्रिय अभ्यास र सर्वोच्च अदालतबाट प्रतिपादित नजिरहरुको जगमा मिडिया काउन्सिल विधेयक ल्याईने स्पष्ट पारे । 

प्रेसमाथि नियन्त्रण गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याईएको तथा र मानवअधिकार आयोगलाई सरकार मातहतको निकाय बनाउने गरि मानवअधिकार आयोग विधेयक ल्याईएको भन्दै सरकारको चौतर्फी विरोध हुँदै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप