बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी ठग्ने दिलिप चौधरी प्रहरीको फन्दामा

शुक्रबार, १० जेठ २०७६, १७ : २२
शुक्रबार, १० जेठ २०७६

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली कागजात बनाई ८ वर्षदेखि सहकारी संस्था ठगी गर्ने एक जनालाई सुनसरीबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा उदयपुर घर भई हाल काठमाडौं महानगरपालिका –१६ स्थित नयाँबजार बस्ने दिलिप कुमार चौधरी रहेका छन । 

वनस्थलीमा रहेको आधुनिक बहुउदेश्यीय सहकारीका सचिव ईन्द्र प्रसाद अर्यालको जाहेरीले चौधरीलाई मिति २०६९ कात्तिक २७ गते काठमाडौं जिल्ला अदालतले १ वर्ष कैद र २० लाख ९५ हजार २६५ जरीवाना सुनाएको थियो । लगत्तै चौधरी फरार भएका थिए । 

२०६६ सालदेखि सो सहकारी संस्थामा लेखा प्रमुखको रुपमा कार्यरत चौधरीले २०६७/६८ मा पटक–पटक गरी संस्थामा जम्मा हुन आएको रकम बैंकमा जम्मा गरेको छु भनी नक्कली स्टेटमेन्टलगायतका कागजातहरु बनाई रकम बैंकमा जम्मा नगरी रकम ठगी गरेको खुल्न आएको सीआईबीका प्र्रहरी उपरीक्षक एसपी सुदीप गिरीले जानकारी दिए । 

सुनसरीबाट पक्राउ परेका चौधरीलाई सुनसरी जिल्ला अदालतमा पेश गरी आज नै झुम्का कारागार पठाईएको एसपी गिरीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप