शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा डुङ्गा दुर्घटनामा परी दशको मृत्यु

शुक्रबार, १० जेठ २०७६, १६ : ३९
शुक्रबार, १० जेठ २०७६

चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ ।    

स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।    

यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ ।    

स्थानीय समयाअनुसार बिहीबार बेलुका ६:३० मा दुर्घटना भएको यस डुङ्गामा २९ व्यक्ति सवार रहेका बताइएको छ । दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप