बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनवरीदेखि मार्चसम्ममा फेसबुकले हटायो २.२ अर्ब फेक अकाउन्ट, अहिलेसम्मको रेकर्ड

शुक्रबार, १० जेठ २०७६, १६ : ३२
शुक्रबार, १० जेठ २०७६

क्यालिफोर्निया । फेसबुकले जनवरीदेखि मार्च महिनामा २.२ अर्ब फर्जी अकाउन्ट हटाएको छ ।

विश्वभर फेसबुकको मासिक सक्रिय संख्या २.३८ अर्ब रहेका छन् । यस्तोमा २.२ अर्ब अकाउन्ट हटाउनलाई ठूलो कदम मानिएको छ ।

डाटा सेयरिङ र फर्जी अकाउन्टलाई लिएर विभिन्न देशमा फेसबुकको आलोचना भइरहेको छ । कयौँ सरकारले फेसबुकविरुद्ध कारवाही पनि गरेको छ ।

फेसबुकले तेस्रो कम्युनिटी स्टान्डर्ड रिपोर्टमा फर्जी खातामा गरिएको कारवाहीबारे जानकारी दिएको हो । कम्पनीका अनुसार यो रिपोर्ट वर्षमा चार पटक जारी गरिनेछ । यस्तो रिपोर्ट अब इन्सटाग्रामको बारेमा पनि जारी गरिनेछ ।

फेसबुकबा सीईओ मार्क जुकरबर्गले फर्जी खाता र आपत्तिजनक सामाग्री हटाउन अहिले कम्पनीको प्राथमिकतामा सामिल रहेको बताए ।

जुकरबर्गका अनुसार प्रयोगकर्ताको सुविधाको लागि कम्पनीले आर्टिफिसियल इन्टिलिजेन्स लागू गर्न लागेको छ । त्यस्तै, अदालती समस्या समाधान गर्न एक स्वायत्त बोर्ड पनि निर्माण गरिने बताइएको छ । त्यसको फैसला अन्तिम मानिनेछ ।

जुकरबर्गले सामाजिक सञ्जालमा अझै पनि ठूलो कम्पनी गूगल रहेको बताए ।

यता, फेसबुकका भाइस प्रेसिडेन्ट जस्टिन ओसाफस्कीले हेट स्पीचसँग जुझ्न फेसबुकका लागि ठूलो चुनौति बनेको जानकारी दिए । कम्पनीले हालसम्म यसलाई रोक्नलाई सिस्टम विकास गर्न नसकेको बताए । यसबारे कम्पनीले तयारी गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप