शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारी सञ्चय कोष र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, विद्युतीय भुक्तानी प्रणाली लागु गर्ने

शुक्रबार, १० जेठ २०७६, १३ : २५
शुक्रबार, १० जेठ २०७६

काठमाडौं– कर्मचारी सञ्चय कोष र नेपाल क्लियरिङ हाउसबीच विद्युतीय भुक्तानी प्रणाली लागु गर्नेबारे सम्झौता भएको छ ।

विभिन्न संस्था तथा निकायहरुलाई विद्युतीय माध्यमबाट बैंक खातामार्फत भुक्तानी कारोबार गराउने क्रममा कर्मचारी सञ्चय कोषका विभिन्न भुक्तानी कारोबारहरु पनि नेपाल क्लियरिङ हाउस लिमिटेडको विद्युतीय भुक्तानी प्रणालीहरुमार्फत हुुनेगरी नेपाल क्लियरिङ हाउस तथा कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा कर्मचारी सञ्चय कोषका तर्फबाट प्रशासक तुलसी प्रसाद गौतम एवम् नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कर्मचारी सञ्चय कोषले नेपाल क्लियरिङ हाउसको आईपीएस र कनेक्ट आईपीएसमा पूर्ण रुपमा इन्टिग्रेट गरी भुक्तानी कारोबारहरु स्वचालित रुपमा गर्नेछन ।

यसबाट कोषले गर्ने भुक्तानीहरु सञ्चयकर्ताको कर्जा र सापटी, पार्टी पेमेन्ट आदिलाई लाभग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सक्नेछन । त्यसै गरी सञ्चयकर्ता वा संस्थाले कोषलाई बुझाउने सञ्चय कोष, किस्ता आदिको भुक्तानीहरु समेत अनलाईन वा कुनैपनि बैंक खाताबाट गर्न सक्ने व्यवस्था हुनेछ । 

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोष नेपालको सबैभन्दा ठूलो कोष हो जसमा ५.५ लाख सञ्चय कर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप