विवेक ओबरोयले ट्वीटरमा सेयर गरे अर्को मिम, पुनः उडाए मजाक
भारतीय लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी (भाजपा) को जित लगभग निश्चित भइसकेको छ । एकातर्फ नतिजा अनुसार बिजेपी देशमा अत्यधिक बहुमतसहित सरकार बनाउने तयारीमा छ भने २४ मे अर्थात् आज लामो समयदेखि रिलिजको प्रतिक्षा गरिरहेको नरेन्द्र मोदीको जीवनीमा आधारित फिल्म ‘पिएम नरेन्द्र मोदी) पनि रिलिजको तयारीमा छ ।
फिल्ममा अभिनेता विवेक ओबरोय मोदीको भूमिका निभाइरहेका छन् । हालै विवेक एग्जिट पोलसँग जोडिएका एक ट्वीट गरेर मुश्किलमा फसेका थिए । जसमा उनले चौतर्फी आलोचनाका साथै महिला आयोगबाट नोटिस पनि पाएका थिए । यद्यपी, पछि उनले आफ्नो ट्वीट डिलिट गर्दै माफी पनि मागेका थिए ।
तर अब विवेकले अर्को मिम सेयर गरेका छन् । उनको यो मिम पनि निकै चर्चित भएको छ । विवेकले जुन तस्बिर सेयर गरेका छन् त्यसमा मायावती, सोनिया गान्धी, राहुल गान्धी, शरद पवार, अजित सिंह, सिताराम येचुरीसहित विभिन्न राजनीतिज्ञ देखिएका छन् । उनीहरुले महागठबन्धका लागि हात मिलाइरहेको देख्न सकिन्छ ।
यो फोटोमा मोदी नामको डिटरजेन्ट पाउडर प्रयोग गरेर प्रश्न सोधिन्छ ‘अचम्म लाग्यो ?’ विवेक ओबरोयले आफ्नो मिम पोष्टमा लेखे, ‘सबै राजनीतिज्ञ जो नरेन्द्र मोदीलाई घृणा गर्न एकजुट भए । आफ्नो धेरै समय भारतलाई प्रेम गर्न खर्च गर्नुहोस्, मोदीलाई घृणा गर्न होइन । भारतलाई स्वस्थ प्रजातन्त्रका लागि समझदार विपक्षको आवश्यकता छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण