शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रक त्रिशूलीमा खस्यो

शुक्रबार, १० जेठ २०७६, १० : ३७
शुक्रबार, १० जेठ २०७६

भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनि ट्रक आज बिहान  त्रिशूली नदी किनारमा खस्दा दुई घाइते भएका छन । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी ३२ एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो ।

सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ । उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 
आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक आज बिहान २ः२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप