बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूयोर्क टाइम्सले भन्यो – मोदीले बलियो छविका कारण जिते, डनले लेख्यो – यो जितले पाकिस्तान विरोधी नीतिलाई बलियो बनायो

शुक्रबार, १० जेठ २०७६, १० : ३२
शुक्रबार, १० जेठ २०७६

लोकसभा चुनावमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको जीतलाई अन्तरराष्ट्रिय मिडियाले नरेन्द्र मोदीमाथि जनताको विश्वासको नतिजा बताएका छन् । ब्रिटिश पत्रिका ‘द गार्डियन’ ले मोदीको भाजपाले पुनः कमाल गरेको बताएको छ । अमेरिकाको ‘द न्यूयोर्क टाइम्स’ ले मोदीले बलियो छवीका कारण जितेको बताएको छ । भाजपाका यी ठूला नेतालाई रोक्न विपक्षका लागि मुश्किल भयो । पाकिस्तानका द डनले लेख्यो – मोदीको यो जीतले पाकिस्तान विरोधी नितिलाई बलियो बनायो ।

मोदी हिन्दु राष्ट्रवादको राजनीतिको ब्रान्ड – द न्यूयोर्क टाइम्स

द न्यूयोर्क टाइम्सले लेख्यो, ‘केही महिनाअघि जब मोदी आर्थिक मोर्चामाथि संघर्ष गरिरहेका थिए तब जुन नतिजा विश्लेषकले सोचेका थिए... यो जीत त्योभन्दा पनि प्रभावकारी प्रमाणित भयो । हिन्दु राष्ट्रवादको राजनीतिको ब्रान्ड बनिसकेका मोदीले संसारभरी भारतको जुन बलियो छवि पेश गर्ने कोसिस गरेका थिए त्यसले देशको ९१ करोड मतदातालाई पूर्ण रुपमा प्रभावित गर्यो । मोदीलाई व्यापारका लागि पनि उत्कृष्ट बताइन्छ । उनले कर व्यवस्थालाई सरल गरे र भ्रष्टाचारमा लगाम लगाए । एशियामा भारतको सेयर बजार एक सम्भावनायुक्त स्थान हो । जबकी अमेरिकासँग व्यापारयुद्धका कारण चीनको सेयरले क्षती व्यवहोर्नु परिरहेको छ ।

मोदीलाई रोक्ने विभिन्न कोसिस भयो – द गार्डियन

द गार्डियनले लेख्यो – एग्जिट पोलमा जुन नतिजा देखाइयो आखिर त्यही नै प्रमाणित भयो । मोदीको भाजपा सत्तामा फिर्ता भयो । उनलाई रोक्ने विभिन्न कोसिस भयो तर जनताले यी नेता र उनको पार्टीमा विश्वास कायम राखे ।

मोदीमाथि देश टुक्र्याएको आरोप लाग्यो तर धेरैले उनलाई रुचाएः बीबीसी

बीबीसी वर्ल्डले भन्यो – लोकसभा चुनावमा मोदीको ऐतिहासिक जीत भयो । रुझान सार्वजनिक भएपछि भारतको सेयर बजारमा वृद्धि भयो । मोदीमाथि भारत टुक्र्याएको आरोप लाग्यो तर नतिजाका अनुसार उनको ध्रुवीकरणयुक्त छवीलाई मानिसहरुले निकै रुचाए ।

भारतमात्र होइन संसारभरी नै मोदीलाई गम्भीरतापूर्वक लिइन्छः सिएनएन

सिएनएनले लेख्यो – गत वर्ष मोदीको नारा थियो ‘सबका साथ–सबका विकास’ । यसपटक उनले आफूलाई चौकिदार भने । यसमार्फत् उनले आफूलाई देशको रक्षक बताए । यो एक निकै भिन्न सन्देश हो । एउटा कुरा जसले मोदीलाई सन् २०१४ मा निकै लोकप्रिय बनायो, त्यो हो अर्थव्यवस्थाका लागि गरिएको उनको वचन । त्यसकारण भारतमा मात्र नभई संसारभरी उनलाई निकै गम्भीरताका साथ लिइन्छ ।

पुलवामापछि भाजपालाई फाइदाः जियो टिभी

पाकिस्तानको च्यानल जियो टिभीले आफ्नो वेबसाइटमा लेख्यो – मोदी चुनाव प्रचारको सुरुवातमा विधानसभा चुनावमा केही राज्यमा हार र महँगी–बेरोजगारीमाथि रिसका कारण दबाबमा थिए । यद्यपी, पुलवामा हमलापछि यो अभियान भारतको परमाणु शक्ति सम्पन्न छिमेकी पाकिस्तानसँगको सम्बन्ध तिर मोडियो । यसले भाजपालाई फाइदा भयो । भाजपाले निकै प्रभावशाली अभियानकर्ता मोदीले स्टार पावरको फाइदा उठाए ।’

के मोदीले इमरानको शान्ति प्रस्तावलाई ध्यान देलान् ? डन

द डनले लेख्यो – मोदी २–० बाट अगाडि बढिरहेको देखिन्छन् । यसको अर्थ यो हो कि पाकिस्तानप्रति भाजपाको नीति परिवर्तन हुने छैन र दुई देशबीचको तनाव पनि कम हुनेछैन ।  प्रश्न यो उठ्छ कि के मोदी इमरान खानको शान्ति प्रस्तावलाई ध्यान देलान् ? मोदीको यो जीतले पाकिस्तान विरोधी नीतिलाई बलियो बनायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप