शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तारकेश्वर गाउँपालिकामा चरम बेथिति, उपाध्यक्ष र प्रशासकीय अधिकृतबीच भनाभन

शुक्रबार, १० जेठ २०७६, ०८ : ४०
शुक्रबार, १० जेठ २०७६

नुवाकोट– नुवाकोटको तारकेश्वर गाउँपालिकामा उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवाद उग्रबन्दै जाँदा  भनाभनको अवस्था सिर्जना भएको छ । 

गाउँपालिका उपाध्यक्ष तारादेवी रिमाल (अधिकारी) ले आफूलाई कार्यकक्षमै कठालो समातेर दुर्व्यवहार गरेको अधिकृत अशोक प्रसाद दाहालले दाबी गरेका छन् । तर, रिमालले भने आफूले ल्याएको योजना स्वीकृति गर्न दाहालले असहयोग गरेपछि सामान्य विवाद मात्रै भएको दाबी गरेकी छिन् । 

बिहीबार आफू वडानम्बर १, २ र ३ को खानेपानीसम्बन्धी योजना लिएर दाङसिङ गाउँपालिकाको कार्यालय पुगेको तर दाहालले सो योजना स्वीकृत नगर्न बहानाबाजी गर्दै अपमान गरेको रिमालले रातोपाटीलाई बताइन् । ‘अधिकृतले नियसम्मत फाइल स्वीकृति नगरेपछि सामान्य विवाद भएको हो । पछि कठालो समातेको सम्मको भ्रम फैलाउँदै हिँड्नु भएछ’ उनले रातोपाटीलाई बताइन् । 

तर, दाहालले भने आफूलाई उपाध्यक्षले कठालो समातेर तान्दा सर्टनै च्यातिएको बताए । गाउँपालिकामा जनप्रतिनिधिबाटै असुरक्षित हुने अवस्था सिर्जना भएको भन्दै उनले यसबारे आफूहरुले शुक्रबार प्रमुख जिल्ला अधिकारीलाई भेटेर जानकारी गराउन लागिएको बताए । 

स्रोतका अनुसार एकै पार्टी तत्कालीन एमालेबाट निर्वाचित भएपनि गाउँपालिका अध्यक्ष रमेश वस्तीको कार्यशैलीलाई लिएर रिमालले असन्तुष्टि जनाउँदै आएकी छिन् । 

अध्यक्ष र उपध्यक्षबीचको विवादमा प्रमुख प्रकाशकीय अधिकृतले पनि अध्यक्षलाई सघाउने र उपाध्यक्षलाई भने असहयोग गर्न थालेपछि विवाद यो अवस्थामा आइपुगेको बताइएको छ। 

काँग्रेसका एक स्थानीय नेताले गाउँपालिकामा बेथिति मौलाएको भन्दै अध्यक्ष र उपाध्यक्षबीचै विवादको कारण पनि यही भएको दाबी गरे । ‘अहिले गाउँपालिकामा चरम बेथिति मौलाएको छ, यसमा सरोकारवालाको बेलैमा ध्यान गएन भने अवस्था थप भयाभय हुन सक्छ’, गाउँपालिकाको गतिविधिलाई नजिकबाट नियालिरहेका उनले भने ।  यस्तै गत ९ महिनायता कार्यपालिकाको बैठकसमेत बस्न सकेको छैन । 

केही पहिलेमात्रै स्थानीय तहको शिक्षा समितिले गाउँपालिकाका सबै सरकारी विद्यालयमा अंग्रेजी विषयमा अध्यापन गराउने भन्दै हचुवाको भरमा बोर्डिङ स्कूलमा पढाइने पाठ्यसामग्री लागू गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई लिएर केही जनप्रतिनिधिका साथै स्थानीय सरोकारवालाले विरोध गर्दै आएका छन् । 

यो पनि.....

कक्षा १ मा ‘एलकेजी’को किताब ! नुवाकोटको गाउँपालिकामा गोलमाल पाठ्यपुस्तक

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप