गति लिएन निजगढ विमानस्थल निर्माणले
शुक्रबार, १० जेठ २०७६, ०८ : ०७
राष्ट्रिय गौरवको योजनाका रुपमा सरकारले अगाडि बढाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले गतिलिन सकेको छैन ।
प्रस्तावित विमानस्थलको मुख्य धावनमार्गमा पर्ने टाङ्गिया बस्ती विवाद, रुख कटान र जग्गा अधिग्रहणलगायत समस्याको समाधान हुन नसक्दा निर्माण कार्य अगाडि बढ्न नसकेको हो । टाङ्गिया बस्तीका बासिन्दा कसैको पनि जग्गाधनी प्रमाणपत्र छैन ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख ओमनारायण शर्माका अनुसार रुख कटानबाट हुने वातावरणीय असरबारे गलत ढंगले गरिएको प्रचार , टाङ्गिया बस्ती स्थानान्तरणका अनावश्यक विवादका कारण विमानस्थलको निर्माण कार्य अगाडि बढ्न नसकेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)