शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली खानाको प्रवर्द्धनका लागि ‘काठमाडौं फुड ट्रेक्स’ हुँदै

बिहीबार, ०९ जेठ २०७६, २२ : ५२
बिहीबार, ०९ जेठ २०७६

काठमाडौं–नेपाली खाजा तथा खानाको प्रचारप्रसारका लागि नेपालमै पहिलोपटक ‘फुड ट्रेक्स’ हुने भएको छ । 

वल्र्ड फुड ट्राभल एसोसिएसनको ब्यानरमा नेपाली खाजा तथा खानालाई विश्वमा नै चिनाउने उद्धेश्यले पहिलोपटक काठमाडौंमा फुड ट्रेक्स हुन लागेको हो । 

काठमाडौंमा मे २४ देखि २६ सम्म विभिन्न नेपाली खाना तथा खाजाको परिकारको बनाउने विधिदेखि यसको स्वादसमेत दिन लागिएको आयोजकले बताएको छ । 

वल्र्ड फुड ट्राभल एसोसिएसनको ब्यानरमा दक्षिण यसियामै पहिलोपटक क्षेत्रीय फुड टे«क्स हुन लागेको हो । नेपालमा टु टेबल्स, यु टर्न र सोसियल टुर्सको संयुक्त आयोजनामा फुड ट्रेक्स हुन लागेको हो । 
अहिले नेपालको पर्यटन भन्ने बित्तिकै हिमाल, राफ्टिङ र जङ्गल सफारी बुझ्ने गरिएको भन्दै परम्परागत नेपाली खाजा तथा खाना र जातिगत खानाको पनि प्रचार गर्न यस्तो फुड टे«क्स राखिएको आयोजकले बताएको छ । 

मे २४ बाट सुरु हुने ट्रेक्सको पहिलो दिन बिहान ९ बजेबाट ट्रेक्स सुरु गरिने छ । बिहान असनका परम्परागत पसलमा मसला तथा नुन देखाइने छ भने अपरान्ह कित्र्तिपुरको लहना नेवारी खाजामा समयबजी खुवाइने छ । समयबजी कसरी बनाइन्छ, यसमा के के राखिन्छ आदबारे पनि ट्रेक्समा सहभागीलाई प्रतक्ष्य देखाइने छ । 

त्यसैगरी दिउँसो ललितपुरको रैथाने रेष्टुरेण्टमा लगेर शेर्पा लगायतका विभिन्न जातजातिका खाजा तथा खाना देखाइने र खुवाइने छ । 

मे २५ मा ठमेलको हब रेष्टुरेण्टमा ‘मिट द सेफ’ नामक कार्यक्रम गरी नेपाली खाजा तथा खानालाई कसरी आधुनिकीकरण गर्ने भनेर विभिन्न सेफमार्फत् प्रदर्शनी गरिने आयोजकले बताएको छ । 

मे २६ मा भने होटल पार्क भिलेजमा नेपाली खानाको प्रचारप्रसार गरी नेपाललाई फुड टुरिजममा पनि विकास गर्न सेमिनार गर्न लागिएको छ । 

फुड ट्रेक्सको मुख्य उद्धेश्य नेपाली खानालाई प्रचारप्रसार गरी भविष्यमा फुड टे«क्स नै चलाएर पर्यटनको विकास गर्न लागिएको हो । 

यो कार्यक्रमले भिजिट नेपाल वर्ष २०२० लाई पनि सघाउ पुराउने र भविष्यमा नेवारी, जातिगत तथा परम्परागत नेपाली खानाको प्रचारप्रसार हुने आयेजकले दाबी गरेको छ ।

कार्यक्रममा वल्र्ड फुड ट्राभलका अध्यक्ष एरिक उल्फसमेत सहभागी भएका छन् । कार्यक्रममा उत्पादित फोटो तथा भिडियोमार्फत् वल्र्ड फुड ट्राभल एसोसिएसनले नेपाली खानाको प्रचारप्रसारमा सहयोग गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप