शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मागेजति दाइजो नपाउँदा हत्या, नीराले खानुपर्थ्यो दिनदिनै कुटाइ

बिहीबार, ०९ जेठ २०७६, २२ : ११
बिहीबार, ०९ जेठ २०७६

बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ । गत वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएको नीराको माइती पक्षले हत्या भएको दाबी गरेको छ ।
 
    नेपालगञ्जमा आज माइती पक्षले पत्रकार सम्मेलन गरी विवाहपछि राममनोहरले दाइजो नदिएको भन्दै पटकपटक कुटपिट गर्ने गरेको र दाइजो नपाएकै कारण हत्या भएको दाबी गरेको छ । नीराका बुबा राधेश्याम कुर्मीका अनुसार दाइजो नल्याएको भन्दै राममनोहर र उनका परिवारले पटकपटक कुटपिट गर्दै आएको नीराले माइतीमा बताउँदै आएकी थिइन् ।
 
    मरणासन्न हुने गरी कुटपिट भएपछि गत माघ १ गते भेरी अस्पतालमा भर्नासमेत भएकी थिइन् । विवाहमा रु सात लाख खर्च गरेका माइती पक्षले छोरीमाथिको अन्याय सहन नसकेर गएको वैशाखमा पुनः १ लाख बराबरको सोफा, दराजलगायतका सामग्री राममनोहरलाई दिएको नीराका बुबा राधेश्यामले बताए । 

    त्यसपछि पनि मोटरसाइकल नदिएको भन्दै राममनोहरले पटकपटक कुटपिट गरेका थिए । बारम्बार कुटपिट हुन थालेपछि न्याय माग्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय बाँकेको महिला सेलमा उजुरी दिएपछि आगामी दिनमा गल्ती नदोहो¥याउने भन्दै माफी मागेर नीरालाई घर लगेका थिए । तर यही जेठ २ गते दिउँसो नीरा झुण्डिएको अवस्थामा फेला परेपछि माइती पक्षले आत्महत्या नभई हत्या भएको दाबी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप