रुकुममा बाबुको खुकुरीले गर्धन रेटेर छोराले गरे हत्या
बिहीबार, ०९ जेठ २०७६, १९ : १३
पूर्वी रुकुममा आफ्नै छोराले बाबुको खुकुरीले गर्धन रेटेर विभत्स हत्या गरेका छन । जिल्लाको भूमे गाउँपालिका–७ दुनावका २० वर्षीय छोरा विराट विकले ४१ वर्षीय बाबु रमान कामीको हत्या गरेका हुन ।
पूर्वी रुकुमका निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक विरबहादुर सुनारले घरयासी विवादका कारण छोराले पछाडीबाट बाबुको गर्धन रेटेर हत्या गरेको र अभियुक्त छोरा फरार भएको जानकारी दिए ।
बाबु रमानको शव केहिबेर अघि मात्र सदरमुकाम रुकुमकोट ल्याइएको उनले बताए ।
पछाडिबाट खुकुरीले गर्धनमा हान्दा करिव १० इन्च मात्रै छालाको भाग रहेको उनले सुनाए ।
दुई छोराछोरी मध्ये विराट जेठा छोरा हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा