शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला ४ दिनपछि प्रहरी फन्दामा

बिहीबार, ०९ जेठ २०७६, १८ : ३५
बिहीबार, ०९ जेठ २०७६

विवाह मण्डपमै बेहुली छाडेर भाग्ने बेहुला प्रहरीको फन्दामा परेका छन् । माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह गर्न अस्वीकार गर्दै आएका मोरङ जहदा गाउँपालिका–४ का वर्ष २४ को लक्ष्मण राजवंशी प्रहरी फन्दामा परेका हुन् । 

परम्परागत रुपमा यही जेठ ४ गते जहदाकै २१ वर्षीय युवतीसँग विवाह भइरहेको अवस्थामा राजवंशीले माग बमोजिमको दाइजो नदिएको भन्दै विवाह मण्डपबाटै उठेर हिँडेका थिए । 

दुवै पक्षको परिवारबीच कुराकानी मिली राजीखुसीका साथ गत जेठ ३ गते विवाह गर्ने तय भएअनुसार सम्पूर्ण तयारी पूरा भएको थियो । 

राजवंशीले बेहुली पक्षलाई मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेबल दिनुपर्ने भन्दै बेहुली पक्ष दबाब दिएका थिए । यता बेहुली पक्षले दिन नसक्ने भनेपछि राजवंशी विवाहको मण्डप नै छाडेर भागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । 

‘राजवंशीलाई मुलुकी अपराध ऐन २०७४ अन्तर्गतको विवाह सम्बन्धी कसुर बमोजिम जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको छ,’ उनले भने ।  

राजवंशीलाई प्रहरीले चार दिनपछि पक्राउ गरेर अदालतमा पेश गरेको हो । राजवंशीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउन आदलतबाट म्याद थप गरी अुसन्धान भइरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप